११ बर्षीया बालिका बलात्कृत



बिष्णुकुमार देवकोटा

दाङ, १८ साउन । दाङमा एक बालिका बलात्कृत भएकी छिन । घोराही उप–महानगरपालिका १४ निवासी ११ बर्षिया बालिका बलात्कृत भएकी हुन । शारिरीक रुपले अपाङ रहेकी बालिकालाई घोराही उपमहानगरपालिका वडा नं. १२ निवासी तेजबहादुर बस्नेतले बलात्कार गरेको पारिवारिक श्रोतले जानकारी दिएको छ । आमा कपडा धुन गएको मौका छोपी बस्नेतले बलात्कार गरेको परिवारीक श्रोतले जनाएको छ । बालिका गत साउन १० गते बलात्कृत भएकी थिईन ।

बालिकालाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङले बस्नेतलाई पक्राउ गरेको छ । पक्राउ परेका बस्नेत थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव निरिक्षक निर्मल खत्रीले जानकारी दिनुभयो । बलात्कृत बालिकाका बुवाले घटनाका दोषीलाई कडा कारवाहीको माग गर्नु भएको छ । अपाङका छोरी माथी बलाल्कार गर्ने बस्नेत माथी कारवाही गर्न पत्रकार, नागरिक समाज, राजनितिक दल संबै संगमाग गर्नु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्