आजको राशिफल वि.सं२०७५ साल साउन १९ गते । शनिवार । ईश्वी सन् २०१८ अगष्ट ०४ तारिख । नेपाल सम्बत् ११३९ ।



 

 

वि.सं.२०७५ साल साउन१९ गते शनिवार  ।  ईश्वी सन् २०१८ अगष्ट ०4 तारिख । नेपाल सम्बत् ११३  ९। बिरोधकृत् संवत्सर । उत्तरायणं । वर्षा ऋतु । श्रीशाके १९४० । श्रावण कृष्ण पक्ष । तिथि षष्ठि,५ घडी ३१ पला,बिहान ७ बजेर ४१ मिनेट उप्रान्त सप्तमी । नक्षत्र रेवती,१४ घडी २७ पला,बिहान ११ बजेर १५ मिनेट उप्रान्त अश्विनी । योग धृति १६ घडि २८ पला,दिउसो १२ बजेर ०३ मिनेट उप्रान्त शूल । करण वणिज,बिहान ७ बजेर ४१ मिनेट उप्रान्त भद्रा,बेलुकी ७ बजेर ३१ मिनेट उप्रान्त बव । आनन्दादिमा श्रीवत्स योग । चन्द्रराशि मिन,बिहान ११ बजेर १५ मिनेट उप्रान्त मेष । पञ्चक समाप्ति ।काठमाडौंमा सूर्योदय ५ बजेर २८ मिनेट,सूर्यास्त बेलुकी ६ बजेर ५० मिनेट । दिनमान ३३ घडी २४ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समयमा नकरात्मक सोच बिचार आउने तथा साथिभाईको गलत सुझाबले काम बिग्रन सक्छ ध्यान दिनुहोला । कार्यक्षेत्रमा फसाउँने तथा ख्ट्टा तान्नेहरु हाबि हुनेछन् । मध्यान्ह पछि सामाजिक क्षेत्रमा गरिने काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । थोरै लगानिबाट प्रशस्त आम्दानि हुनेछ भने साने प्रयत्नले ठुलो काम बन्नेछ । पुराना साथिभाई सँगको भेटघाटमा नँया योजना प्रस्तुत गर्न पाउँदा गर्बको महशुस हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा निकाल्न सकिनेछ ।शुभ अंक — १,५ शुभ दिशा — पुर्व, शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) व्यापार व्यावसायमा प्रशस्त आम्दानि हँुनेछ भने कलात्मक तथा सिर्जनात्मक व्यावसाय फस्टाएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो अझ गसिलो भएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको सेवा गर्ने अवसर प्राप्त हुँनेछ भने भबिश्यको लागि समर्थन बटुल्ने मौका मिल्नेछ । बिद्यामा तपाई अब्बल साबित हँनुहुनेछ । मध्यान्ह्र पछि कुनै काम गर्दै हुनुहुन्छ भने केहि दिन पर्ख र हेरको रणनिति अबलम्बन गर्नु उचित हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा अन्य घरायसि समस्याहरको फेस गर्नु पर्नेछ । तापनि लामो दुरिको बिदेश यात्राको तय गर्न सकिनेछ । शुभ अंक — २,३ शुभ दिशा — उत्तर, शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनिति तथा सामाजिक क्षेत्रमा आज तपाईको सम्मान जनक उपस्थिति हुनेछ भने समाजको बिकासका लागि सकारात्मक आवाज उठान गर्ने अवसर जुर्नेछ । जनचाहाना अनुशार काम हुँने हुँनाले मान सम्मान तथा र्ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । सत्रु परास्त भएर जानेछन् भने प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् । मांगलिक सभा समारोभमा सहभागि भई मिठा मिठा परिकार ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । शुभ अंक — ३,६ शुभ दिशा — पुर्व, शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययन तथा अध्यापन पेशा व्यावसायमा समय लगानि गर्नेहरुले प्रशस्त आम्दानि गर्न सक्नेछन् । पुराना तथा आत्मिय मित्रहरु सँगको भेटघाटले दिन रंगिन बन्नेछ । धर्म, सस्कृति तथा रितिरिवाजमा अलि बडि चासो बढ्नेछ । भाग्यले साथ दिने हुँनाले थोरै लगानि गर्दा पनि व्यापार व्यावसायबाट राम्रै आम्दानि गर्न सकिनेछ । प्रगतिशिल तथा तारिफयोग्ग काम गरि घर परिवारमा सबैको मन जित्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले काम गर्ने सवालमा आफ्नै भन्नेहरुले आलोचना गर्नेछन् । शुभ अंक —४,५ शुभ दिशा — दक्षिण, शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । मध्यान्हबाट समय उत्तम आउँने हुदा आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ ।शुभ अंक — ५,९ शुभ दिशा — पुर्व, शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) महिला मित्रहरुसँग गरिने कुनै पनि व्यापार तथा आर्थिक व्यावस्थापनका लागि गरिने कारोबारहरु फस्टाएर जानेछन् । साझेदारि व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । प्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आफन्त तथा दिदिबहिनी सँग मनमुटाब सिर्जना हुनेछ । भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । शुभ अंक — ३,९ शुभ दिशा — दक्षिण, शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त) बिहानको समय मध्ययम रहेकोले मुद्धा तथा मामिलामा आज सामेल भए हारिने अधिक सम्भावना रहेको छ भने न्यायिक निर्णयहरु तपाईको बिपक्षमा फैसला हुनेछन् । छिमेकिहरुले भाजो हालेर तपाईको घर परिवारमा झगडा गराउन अनबरत लागिरहनेछन् ख्याल गर्नुहोला । मध्यान्हबाट समय उत्तम रहेकोले नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिन रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।शुभ अंक — ४,७ शुभ दिशा — पश्चिम, शुभ रंग — प्याजी कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बौद्धिक तथा प्राज्ञिक ब्यात्तित्वहरुको भेटघाटमा शैक्षिक गुणस्तर स्तर उन्नती गर्ने बिषयमा गहन छलफल हुँनेछ । आत्मिय मित्र तथा आफ्नो प्रिय पात्रबाट प्रशस्त आर्थिक सहयोग प्राप्त गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुँनेछ । बंश बृद्धिको योग रहेको छ भने छोरा छोरिको प्रगति देखेर घर परिवारका सदस्य तथा छिमेकिहरु खुसि हुँनेछन् । आकस्मिक धन तथा भौतिक सम्पति लाभ हुँनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले मुद्दा मामिला तथा बिवादित बिषयमा सामेल नहुनुहोला । मामा तथा आफन्त सँग मनमुटाव सिर्जना हुनेछ । शुभ अंक — २,८ शुभ दिशा — दक्षिण,
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुँनेछन् । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन कडा मेहनेत गर्नुपर्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको किनबेच बाट केहि मात्रमा लाभ लिन सकिनेछ । मध्यान्हबाट समय उत्तम रहेकोले भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । शेयर बजार तथा सट्टाको व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । प्रेम प्रशङमा रमाईलो गर्दै समय ब्यातित गर्न सकिनेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँन सक्छ ।शुभ अंक —४,९ शुभ दिशा — उत्तर, शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफुभन्दा बिशिष्ट ब्याक्तिसँगको भेटघाटले नयाँ योजना बनाउँन सहयोग पुग्नेछ । लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल हुनेछन् भने अदालत तथा न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । जन सम्पर्क बढ्ने तथा दाजुभाई, छिमेकिबाट सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । छोटो तथा महत्वपुर्ण यात्राको तय हुनेछ । पराक्रम बढेर जाने हुनाले शाहसिलो काम गर्ने जोस जागर बडेर आउनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले सवारि साधन तथा घर जग्गाका कारेबार गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । शुभ अंक — २,४ शुभ दिशा — उत्तर, शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त, साथिभाई तथा कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ । आफन्त परिवारजन सँग आत्मियता बढ्ने तथा माया प्रेमको गाठो कसिलो भएर जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले दाजुभाई तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला गन्तब्य पहिल्याउँन मुस्किल पर्नेछ । शुभ अंक — २,७ शुभ दिशा — पश्चिम, शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समस्या समाधानका लागी चालिएका कदमहरु निअर्थक हुनेछन् भने तपाई आफ्नै कमजोरिले आत्मिय साथि तथा ईष्टमित्रहरु टाडिन सक्छन् । राजनिति तथा सामाजिक बिषयको उठान गर्दा अलि बढि अध्ययन तथा अनुशन्धान गरि प्रस्तुत हुनुहोला किनकी प्रतिश्पर्धिहरु तपाईभन्दा बलिया हुन सक्छन् । मध्यान्हबाट समय उत्तम रहेकोले कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुनेछ । धन सम्पति तथा आय आर्जनमा बृद्धि भएर जानेछ । आफन्त, साथिभाई तथा कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । शुभ अंक —४,९ शुभ दिशा — उत्तर,
शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्