ग्रिनकार्ड र अमेरिकी सरकारले दिने सेवासुविधाको लोभमा निशा अधिकारीले उतै सन्तान जन्माको भन्दै आलोचना



नायिका निशा अधिकारीले आफ्नो छोराको नाम ‘युभान’ राखेकी छिन्।

सामाजिक सञ्जाल इन्ष्टाग्राममा आफ्नो र छोराको फोटो पोष्ट गर्दै निशाले युवान लेखेकी छन्। छोरालाई जन्मदिनु अघि कपाल काटेकी निशाको कपाल र छोराको कपाल लगभग उत्रै देखिन्छ।

क्रिकेटर सरद भेस्वाकरसंँग विवाह गरेकी नायिका निशा अधिकारीले अमेरिकामा जेठ पहिलो साता जेठो सन्तानलाई जन्म दिएकी हुन्।

नेपाली चलचित्र ‘झ्यानाकुटी’ निर्माण गरेपछि अमेरिका हानिएकी निशाले अमेरिकामै सन्तानलाई जन्म दिएकी हुन्। अमेरिकामा सन्तान जन्माउँदा ग्रिनकार्ड र अमेरिकी सरकारले दिने सेवासुविधा पाइने व्यवस्था छ। निशाले पनि त्यही लोभमा उतै सन्तान जन्माएको भन्दै आलोचना हुने गरेको छ।(नेपाल खबरबाट साभार गरिएको हो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्