‘हरित वडा निर्माणका लागि घोराही –१७ मा बृक्षा रोपण



दाङ,१९साउन ।हरित वडा निर्माणका लागि घोराही उप–महानगरपालिका वडा नं.१७ मा बृक्षा रोपण गरिएको छ । घोराही –१७ धोब्बे स्थित शहरी स्वास्थ्य क्लीनिक परिसरमा बृक्षा रोपण गरिएको हो । घोराही उप–महानगरपालिका वातावरण तथा विपत्त व्यवस्थापन समितिका संयोजक एवं वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले बृक्षारोपगरी उद्घाटन गर्नु भएको थियो ।

त्यस अबसरम बोल्दै वडा नंं. १७ का अध्यक्ष खुशीराम चौधरीले वडालाई हरित वडा निर्माण गर्ने उदेश्यका साथ बृक्षारोपण गरिएको वताउँनुभयो । बृक्षा रोपणले नगर स्वास्थ्यको क्लीनिकको संरक्षणमामा समेत सहयोग गर्ने वताउँनुभयो । त्यस अबसरमा बोल्दै वडा नंं. १४ का अध्यक्ष शक्तिराम डाँगी बृक्षा रोपण पछिको पहिलो माली टोलवासीलाई बन्न आग्रह गर्नु भएको थियो ।

विरुवा हुर्काउने जिम्मा स्थानीय टोलवासीको भएको वताउँदै संयोजक डाँगीले विरुवा संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो । नागरिक चनाखो भएमात्र स्थानीय स्तरको बिकास हुने वताउँदै डाँगीले स्वास्थ्य क्लीनिक वरपरको वातावरण स्वच्छ वनाउँन समेत आग्रह गर्नुभयो । त्यस अबसरमा आप,ेबेलौती, अशोक, निम शितल चिनी, दालचिनी गरी साढे १२ सय विरुवा रोपिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्