‘यसलाई उद्योग वाणिज्य संघको विकल्पकारुपमा लिनु हुँदैन, सबै ब्यावसायिक संघ संस्थासंग सहकार्य गरेर जान्छौ’
घोराही, साउन १८ । दाङ चेम्वर अफ कमर्शका अध्यक्ष दिपक सुवेदिले चेम्वर अफ कमर्श दाङ उद्योग वाणिज्य संघको प्रतिष्पर्धि संगठन नभएको बताएका छन् । उनले घोराहीको एक अनलाइनसंगको अन्तरवार्तामा चेम्वर अफ कमर्श सम्पुर्ण ब्यावशायिक हक हितका लागि लड्ने संस्था भएको भन्दै यसलाई उद्योग वाणिज्य संघको विकल्पकारुपमा नलिन सबैमा अनुरोध गरेका हुन् ।
उनले विगतदेखी नै ब्यवसायिको पक्षमा लड्दै तथा आवाज उठाउदै यहासम्म आएको सम्पुर्ण ब्यवसायिहरुको साझा संगठन चेम्वर अफ कमर्श भएको भन्दै ब्यवसायिको हक हीत र विभिन्न सवालहरुमा उद्योग वाणिज्य संघसंग सहकार्य गरेर जान तयार रहेको बताए । पुरानो संस्था भएपनि दाङमा भर्खरै स्थापना भएकाले कतिपयलाई उद्योग वाणिज्य संघको विकल्पकारुपमा चेम्वर अफ कमर्श आएको हो कि भन्ने लागेको हुन सक्ने भन्दै उनले त्यस्तो नभएको र सबै ब्यवसायिका संघ संस्थासंग सहकार्य गरेर अघि बढिने पनि विचार ब्यक्त गरे । सबै ब्यवसायिहरुको सुझाव, सल्लाह र भावनावाट अघि बढ्ने प्रतिवद्धता जनाउदै संस्थालाई छोटै समयमा ब्यवसायिको माझमा स्थापित गरेर लैजानेसमेत उनको भनाई छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।