ट्रिप्पर आतङ्क ! मोटरसाइकल चालकको मृत्यु



हेटौँडा : बैकल्पिक मार्ग कान्ति लोकपथअन्तर्गत हेटौँडा-१७ गैरीगाउँमा टिपरले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ। आइतबार माेटरसाइकलमा  सवार एक महिला घाइते भएकी छिन्।

मृत्यु हुनेमा स्थानीय २६ वर्षीय टंक न्यौपाने रहेका छन्। हेटौँडाबाट गैरीगाउँतर्फ गइरहेको ना ७ ख ७२२३ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको बा ४२ प ७०७० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा घाइते भएका चालकको मृत्यु भएको छ। माेटरसाइकलमा पछाडि सवार सरिता घाइते भएकी छिन्।

टंकको उपचारका क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घाइते सरिताको चुरेहिल हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तीब्र गतिमा गइरहेको टिपरको ठक्करबाट सडककाे एउटा पोल समेत भाँचिएको स्थानीयले जनाएका छन्। टिपर चालक फरार रहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्