दशरथ घिमिरे
दाङ , २१ साउन । वर्षा लाग्यो । छानो चुहिन थाल्यो । सरसापट गरे र प्लास् िटकले ओ त लगाउने काम भयो । यति ओ तले कहा“ वर्षातको पानी छेक्थ्यो । टिन आउने आशामा खरको जो हो पनि गरिएन । आफूस“ग टिन लगाउने पै सा भएन ।
लमही नगरपालिका वडा नं. ३ वनगाउ“ निवासी प्रे मबहादुर कुमालले यस्तै समस्याको सामना गर्नु परे को छ । चुनावको बे ला भो ट माग्न आएका ने ताले खरले छाएको घरमा टिनको छानो लगाइदिने बाचा गरे को अहिले झलझली सम्झना आउछ ।
गरिव दुःखीको जिन्दगी आशै आशमा बित्न थाले को छ । जब पानी पर्न थाल्छ प्रे मबहादुरको मनमा एक प्रकारको त्रास थपिन्छ । ‘पानी पर्न थाल्यो भने कसरी रात बिताउने भन्ने पिरलो हुन्छ । घरको छानो चुहिन्छ’– उहाले भन्नुभयो – ‘१२ जनाको परिवार यही चुहिने घरमा ओ त लागे र बसे का छौ । मजदुरी गरे र आएको पै साले साझ बिहानको छाक टार्नै पुग्दै न । कसरी घर बनाउनु ?’ प्रे मबहादुर खर काट्न यस वर्ष जंगल पनि जानु भएन । टिनको आशामा खरको जो हो नगर्दा छानो चुहिने भएको छ ।
‘पहिला खर काटे र छाइन्थ्यो । खर काट्नै छो डे । वर्षा नलाग्दै टिन पाइन्छ भन्ने आशा थियो तर वर्षाले च्यापिहाल्यो ’– उहाले भन्नुभयो – ‘सरकारले टिन हालिदिए राम्रो हुने थियो ।’ खर काट्न जंगलमा निषे ध गरिएको छ । ‘न खर पाइन्छ । न टिन हाल्न सकिन्छ यस्तै समस्याबाट पीडित बन्नु परे को छ । गरिव, बिपन्नलाई झनै समस् या छ । सामुदायिक वनमा छिर्न दिदै नन्’– कुमालले भन्नुभयो – ‘जनतासग गरे को बाचा नभुले हुन्थ्यो ?’
लमही नगरपालिका वडा नं. ५ को लही निवासी ८० वर्षीय बद्री चौ धरीलाई पनि खरको छानो ले दुःख दिएको छ । ‘छो राले रिक्सा चलाएर घर खर्च चलाउछ । खे ती पाती गर्ने जग्गा जमिन छै न । घरको छानो मा टिन लगाउने पै सा छै न’– उहाले भन्नुभयो – ‘राति सुते को बे ला पानी प¥यो भने धे रै दुःख हुन्छ । पानी चुहिने ठाउमा भाडा थापे को छु ।
घिसारे र कहिले खटिया यता गराउ“छु, कहिले उता गराउछु । छो रा, बुहारी छाता ओढेर सुत्छन् ।’ दे उखुरीका विपन्न समुदायका नागरिकहरु घरको छानो मा टिन लगाउन पाइने आशामा थिए । प्रतिनिधिसभा सदस् यमा निर्वाचित मे टमणि चौ धरीले चुनावमा खुबै प्रचार गरे को र मुख्य प्रतिबद्धताको विषय नै खरको छानो विस् थापित गरे र टिन लगाउने थियो । तर दे उखुरीका गरिव, विपन्न समुदायका नागरिकको खरको छानो विस्थापित हुन सके को छै न । यस वर्ष त खरको छानो रहे काहरुले टिन लगाउने आशामा खरको जो हो नै गरे नन् । लमही नगरपालिका, गढवा गाउ“पालिका, राजपुर र राप्ती गाउ“पालिकाका अतिविपन्न परिवारका नागरिक टिनको आशामा बसे का छन् ।
नागरिक समाज दाङका उपसंयो जक नीमबहादुर थापाका अनुसार चुनावका बे लामा प्रतिबद्धता अनुसार अहिले खरको छानो हटाउने काम भएको छै न । ‘खरको छानो विस् थापित गर्छु भने र प्रचार गरियो । चुनाव जिते पछि संसदमा समे त चर्चा भयो । गरिव विपन्नको खरको छानो हटाउने नीतिमा समे टियो । तर दे उखुरीमा कार्यान्वयन हुन सके को छै न’– उहा“ले भन्नुभयो – ‘कुरा यहा“बाट उठ्यो । कार्यान्वयन अन्यत्रबाट भयो । हाम्रो ठाउ“बाट पनि कार्यान्वयन हुनुपर्ने थियो ।’
दाङ निर्वाचन क्षे त्र नं. १ प्रतिनिधिसभा सदस् य मे टमणि चौ धरीले आफूले उठाएको खरको छानो विस् थापित गरे र टिनको छानो लगाउने विषय राष्ट्रिय नीति बने को मा गर्व गर्नुहुन्छ । ‘दे शभरका खरका छाना हटाएर टिनका छानो लगाउने सरकारले नीति तथा कार्यक्रम बनाएको छ । मै ले उठाएको विषय राष्ट्रिय मुद्दा बने को छ । मे रो निर्वाचन क्षे त्र मात्रै हो इन अब दे शभरका खरका छाना हट्ने छन्’– उहॉ“ले भन्नुभयो – ‘सरकारले दे उखुरीमा पनि कार्यक्रम गर्ने छ ।’
खरको छानो हटाएर टिन लगाउने कार्यक्रम स् थानीय सरकारमार्फत गरिने उहाले बताउनुभयो । ‘म आफै बो ले को कारणले एक करो ड रुपै याबाट शुरुवात गराउछु । राप्ती गाउ“पालिकाको कमै या वस् तीबाट काम शुरु हुन्छ । ने पाल सरकारको पो लिसीअनुसार अगाडि बढ्छ’– उहाले भन्नुभयो – ‘सबै को एउटै आगन हुने , एकै प्रकारको घर हुने गरी नमूना वस्तीको तयारी गरे को छु । भदौ महिनाभित्र सबै यो जना छानी सक्नुपर्ने भएकाले यसबारे मा अध्ययन शुरु भएको छ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।