घोराही –१४ मा बृक्षारोपण



 

दाङ, २१ साउन ।हरित वडा निर्माणका लागि घोराही उप–महानगरपालिका वडा नं.१४ मा बृक्षारोपण गरिएको छ । घोराही –१४ स्थित नयाँ सेवारखोला डिलमा रोपण गरिएको हो । घोराही उप–महानगरपालिका वातावरण तथा विपत्त व्यवस्थापन समितिका संयोजक एवं वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले बृक्षारोपगरी उद्घाटन गर्नु भएको थियो । त्यस अबसरमा बोल्दै वडा नंं. १४ का अध्यक्ष शक्तिराम डाँगी बृक्षा रोपण पछिको पहिलो माली टोलवासीलाई बन्न आग्रह गर्नु भएको थियो ।

विरुवा हुर्काउने जिम्मा स्थानीय टोलवासीको भएको वताउँदै संयोजक डाँगीले विरुवा संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो । नागरिक चनाखो भएमात्र स्थानीय स्तरको बिकास हुने वताउँदै डाँगीले अफ्नो वरपरको वरपरको वातावरण स्वच्छ वनाउँन समेत आग्रह गर्नुभयो । त्यस अबसरमा टिक , सीसौ मसला प्रजातीका गरि झण्डै चार विरुवा रोपीएको थियो । बृक्षारोपणमा झिगौराका थारुगाउँका मतहु बलबहादुर चौधरी लगाएतको सभागिता रहेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्