राजनीति राष्ट्रियसभामा शोक प्रस्ताव पारित



काठमाडौं : राष्ट्रियसभाले पूर्वसांसद कमलप्रसाद पंगेनीको निधनमा शोक प्रस्ताव पारित गरेको छ।  सोमबार बसेको राष्ट्रियसभाको बैठकले पूर्वसांसद कमलप्रसाद पंगेनीको निधनमा शोक प्रस्ताव पारित गरेको हो।

२०७० सालको संविधानसभा निर्वाचनमा स्याङजा क्षेत्र नम्बर २ बाट निर्वाचित पूर्व सांसद पंगेनीको हृदयघातका कारण आईतबार विहान ५ बजेर ३० मिनेटमा स्याङजास्थित निवासमा निधन भएको थियो।  नेपाली कांग्रेसका तत्कालीन स्याङजा जिल्लाका सभापति समेत रहेका भएका पंगेनीले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो। समाजसेवाको क्षेत्रमा समेत क्रियाशील पूर्व सांसद पंगेनीको आत्माको चीर शान्तिको कामना गर्दै बैठकले एक मिनेट मौन धारण समेत गर्यो। अर्को बैठक २३ गते बुधबार ११ बजे बस्ने छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्