‘धानमा बलाष्ट र गवारो रोग



दाङ २२-साउन / तुलसीपुरका किसानहरुले लगाएको धानबालीमा विभिन्न रोग देखापरेको छ । किसानहरुले लगाएको धानबालिमा बलाष्ट र गवारो रोग देखापरेको पाइएको छ । धान रोपेको एक महिना नबितदै धानवालीमा रोग देखा परे पछि किसानहरु चिन्तीत भएका छन् । खाद्यवालीको प्रमुख खेती धानमा रोग देखा परेपछि उत्पादन घटने चिन्तामा किसानहरु छन् ।

 

‘कहिले पानी अभाव त कहिले रोगको चिन्ता यस बर्ष समयमै खेती पनि भएन् , गवारो र बलाष्ट‘पातमरुवा’ रोगले धान बाली सकाप पार्न थाल्यो”,  उपचारका लागि धानको वोट लियर कृषि सेवा केन्द्रमा आएकी तुलसीपुर –६ की किसान कल्पना चौधरीले भनिन् । उनी जस्तै यहाँका धेरै किसानहरु दैनिक धानमा रोग लागेको भन्दै कृषि सेवा केन्द्रमा किसानहरु आउने गरेका छन् ।

 

यसरी धानमा रोग देखा परेपछि दिनहु किसानहरु वजारका एग्रोभेट, कृषि सेवा केन्द्रमा आउने गरेका छन् । तुलसीपुर स्थीत एग्रीनेपाल प्रालिमा दैनिक २०÷३० जना किसानहरु धानको विरुवा वोकेर आउने गरेको प्राधिक माधव केसीले जानकारी दिएका छन् । ‘धानवाली सवै पातमरुवा रोगले सकाप पर्न थाल्यो समयमै बर्षात नहुदा बल्ल बल्ल लगाएको धानबालीमा रोग लागेपछि धेरै चिन्ता लागेको छ ‘, एग्रोभेटमा धानको बोट ल्यायर आएका किसना यमप्रकाश वलीले भने ।  उनले आफनो १५ कट्टा जमीनमा लगाएको धानमा यो समस्या देखिएको बताए ।

पश्चिम दाङका विभिन्न स्थान बाघमारे, शान्तिनगर, पवननगर, फुलवारी गोलटाकुरी, हलवार,मानपुर, टरिगाउँ, डुरुवा का विभीन्न वडाहरुबाट किसानहरु कृषि सेवा केन्द्र र तुलसीपुरका एग्रोभेटमा उपचारको उपाय खोज्दै आउने गरेका छन् ।

धेरै जसो किसानका धानबालीमा गवारो र बलाष्ट ‘मरुवा’ रोग देखा परेको तुलसीपुर उपमहानगरपालिका कृषि सेवा केन्द्रका प्रमुख तिलकबहादुर केसीले जानकारी दिएका छन् । उनले कतै कतै भने जिंकको समस्याका कारण खैरा रोग लागेको भनेर जानकारी आएको बताए ।

धानमा रोगको प्रकृति हेरेर विषाधी औषधी प्रयोग गर्न सुझाव दिएको केसीले बताएका छन् । उनका अनुसार धेरै जसो हाइव्रेड जातको यूएस ३१२ धानमा यो रोग देखा परेको छ । ‘‘दैनिक ८÷ १० जना किसानहरु कार्यालयमा आउनु हुन्छ, समस्या लियर रोगको नियन्त्रणको उपाय सिकायर पठाउने गरेका छौं “, केसीले भने । केसीले धेरै जसो धुले व्याड राखेर रोपाई गरेको र हाइव्रेट धानमा यो समस्या देखिएको बताए । धुले व्याड राखेका स्थानमा धानमा बढी रोग देखिएकाले किसानहरुलाई आगामी बर्ष हिलेव्याड राख्न सल्लाह दिएको केसीले बताए । ‘धुले व्याडमा धेरै रोगको समस्याहरु आएको हामीहरुले देखेका छौं आगामी दिनमा सके सम्म हिलेव्याड राख्न सुझाव किसानलाई दिएका उनले भने ।

धानमा लागेको बलाष्ट (मरुवा) रोगका लागि ‘हेक्जाकोनाजोल’ र नेटिभो वाण, गवारोका लागि अन्तरिक विष ‘कोलेरो पाइरीफष्ट’ वा साईपरमेथ्रीन विषादी रोग लागेको धानबालीमा साँझ वा विहान प्रयोग गर्न सल्लाह दिएको प्राविधिक माधव केसीले बताए । उनले दिउसोको समयमा यो किरा नमर्ने भएकाले साँझ वा विहान विषादी धानमा हाल्न समेत आग्रह गरे । धानमा रोग लाग्नुका कारण गर्मी धेरै विउको राम्रो संग उपचार नभएका कारण विभीन्न रोग लाग्र्ने गर्दछ । समयमै धानमा लागेको बलाष्ट, गवारो उपचार गर्न सके उत्पादनमा गिरावट नआउने प्राविधिकहरुले सल्लाह दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्