लोककुमारी स्मृति पत्रकारीता पुरस्कारबाट बोहरा पुरस्कृत हुने



दाङ २२ साउन।
नेपाल पत्रकार महासंघ दाङ शाखामा स्थापित यस बर्षकोलोककुमारी स्मृति पत्रकारीता पुरस्कार २०७५ पत्रकार दिपक बोहरालाई प्रदान गरिने भएको छ । शाखा अध्यक्ष सविन प्रीयासन नेतृत्वमा रहेको उपाध्यक्ष लीला शाह र सचिव भुपेन्द« वली समिलित ३ सदस्यीक पुरस्कार छनौट समितीले पत्रकार बोहरालाई छनौट गरेको हो । पुरस्कार यहि साउन २४ गते दिवंगत लोक कुमारी रिजालको दोस्रो स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा प्रदान गरिने छ । पत्रकार दिपक बोहरा पत्रकार महासंघ दाङका साधारण सदस्य र हाल राप्ती समाचार राष्ट्रीय दैनिकमा काम गदै आएका छन।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्