चिकित्सा शिक्षा विधेयकमा छलछाम भए संघर्ष: डा. केसी



काठमाडौं- डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकमा छलछाम भएक कडा विरोधका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन्। चिकित्सा शिक्षा सुधारको लागि १५ पटक अनशन बसेका डा. केसीले त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै सत्याग्रह टुंग्याउने क्रममा सरकारसँग भएको ९ बुँदे सहमति पालना हुने उनले विश्वास लिए।

उनले विधेयक संशोधन सहित थप तोडमोड नगरी पारित हुने विश्वास लिए। कुनै बहाना वा ढिलाई नगरी संसदबाट उक्त ऐन जारी हुनेमा आफु विश्वस्त भएको केसीको भनाई छ।

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सबै विपन्न नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार तथा सबै विद्यार्थीको योग्यताका आधारमा निशुल्क वा सस्तो शुल्कमा चिकित्सा था स्वास्थ्य शिक्षाका अन्य विषय पढ्ने अधिकारका लागि आफुले संघर्ष गरेको उनले बताए।

आफुसँग भएको सहमतिलाई मन्त्रिपरिषदबाट अनुमोदन गर्न समेत उनले माग गरे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्