संविधान संशोधन नभए राजपा चुनावमा नजाने



असार,३०


दुई चरणको स्थानीय चुनाव बहिस्कार गरेको राष्ट्रिय जनता पार्टीले तेस्रो चरणको चुनावमा सहभागी हुने नहुने कुरा सरकारको कदमले तय गर्ने बताएको छ । तेस्रो चरणको निर्वाचन असोज २ गते तोकिएको छ । राजपाले केहीदिन अघि निर्वाचन आयोगमा दल दर्ता गरेको थियो । तर दल दर्ता गराउँदैमा चुनावमा जानै पर्छ भन्ने नभएको राजपा अध्यक्ष मण्डलका नेता अनिल झाले सीआईएनसँग बताउनुभयो । झाले सरकारले संविधान संसोधन नगरे चुनावमा भाग नलिने झाले बताउनुभयो । उहाँका अनुसार राजपाले सरकारको कदम हरेर थप निर्णय गर्नेछ ।

यसैबीच, निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन भएर माघ ७ गतेभित्र प्रादेशिक र संघिय तहको निर्वाचन सम्पन्न गर्ने सम्भावना टर्दै गएको संविधानका जानकारहरुले बताएका छन् । दलहरुले हालकै २ सय ४० निर्वाचन क्षेत्र राख्ने तयारी गरिरहँदा संविधानको मर्म र भावना विपरित हुने संविधानविद्हरुको तर्क छ । संविधानकाज्ञाता भिमार्जुन आचार्यले सीआईएनसँग कुरा गर्दै अब निर्वाचन क्षेत्र निर्धारण आयोग गठन भएर तोकिएको समयमा बाँकी तहका निर्वाचन गर्न सम्भव नभएको बताउनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्