साहारा विहीन भेगबहादुर



जीवन नेपाली
दाङ, असार ३० । गाउँदेखि अलिपारीको डाँडामा जस्ताले बारेको एउटा सानो झुप्रोको ढोकामा झुण्डाईएको च्यादर कुन बेला हावाले उडाएर लग्ने हो थाहा छैन । गाउँ कुनै नयाँ मान्छे आए शौचालय भनेर छिर्ने अधिकासं झुप्रो भित्र छिरेमात्र थाहा पाउँछन् यहाँ मान्छे बस्दा रहेछन भनेर । एउटा खुट्टा गुमाएका बंगलाचुली गाउँपालिका ४ म्यालडाँडाका ६५ वर्षीय भेगबहादुर सुनारको जीवन निकै दुःखका साथ विताई रहेका छन् । जाडोहोस् साउने झरी झुप्रोमा रात–दिन काट्दै आएका छन् । शौचालय जस्तो देखिने घरको आश्रयमा गुजारा गर्दै आएका सुनारको न छाक न बास केही छैन ।‘यहाँ नबसेर कहाँ जाने त ? मेरा लागि को नै जिउदो छ र ? बाँच्दा सम्म जसोतसो जिन्दगी काटिरहेको छु । मरे पछि सक्कीगो, कसलाई के को चिन्ता ? उनले भने ।

१७ वर्षको कलीलो उमेर मा उनले आफ्नो खुट्टा गुमाएको तीतो अनुभव सुनाउँदै सुनारले ‘बाख्रा चराउन जंगलमा गएको थिंए । एक्कासी माथीबाट ढुङ्गा पल्टेर आयो ज्यान जोगाउन भाग्दा–भाग्दै ढुङ्गाले खुट्टा कामै नलाग्ने गरी भाँचिदियो । पोखराको अस्पतालमा गएर खुट्टा काटियो । मजदुरी गरेर जीवीकोपार्जन गर्दै छु । “पहिला घरमा दाजु पनि थिए उनी बाँच्दा सम्म सबै रेखदेख उनैबाट भयो मलाई कुनै दुःख भएन अहिले उनको पनि मृत्यु भयो । आफ्नो पनि शक्ति सकियो । काम गरेर खान सक्दैन,बुढेसकालमा सहायता दिने कोही पनि छैन ।’

 

सहाराविहीन सुनारले अहिले कसै बाट सहयोग पाउन सकेका छैनन् । सहायताको नाममा नेपाल सरकारले दिंदै आएको अपाङ्ग भत्तास्वरुप चौमासीक २४ सय रुपैयाँ बाहेक अरु पाउँन नसकेको वताए । अरुले दया गरेर दिएको नखान पुग्छ न लगाउन नै । गहभरी आँसु झार्दै मलाई हेरचाहा गर्ने मान्छेको खाँचो छ । त्यो नभए मलाई बस्ने बास र खाने गाँसको उचित व्यवस्था भईदिए खुशी हुने थिएं । अब कती नै बाँचुला र ६५ बर्ष काटी सकेँ ।’ उनले भने बेसहारा भेगबहादुर को लागि बैसाखी समेत राम्रो छैन । दिसापीसाव जान पनि अहिले समस्या हुनेगरेको उनको भनाई छ । अपाङ्गता भएका व्यक्तिहरुका अधिकारका सवालमा थुप्रै आवाजहरु उठेपनि आफुले पाउनु पर्ने जती अधिकार पाउन नसेको गुनासो छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्