नकाबासीहरु बिना बर्दिका सिमा रक्षक हुन् त्यसैले बिकास पहिला नाकामाः सद्धाम सिद्धिकी



बिष्णुकुमार देवकोटा
दाङ साउन २३

गढवा गांपा वडा नं ८ का वडा अध्यक्ष सद्धाम सिद्धिकीले आफु भारत संग जोडिएका नाकाहरुमा बिकासको लहर पुर्याउन लागी परेको बताउनुभएको छ । आज घोराहीमा सैघाली खबर डटकम संग कुराकानी गर्दे सिद्धिकिले यस्तो बताउनुभएको हो । “नकाबासीहरु बिना बर्दिका सिमा रक्षक हुन् त्यसैले बिकास पहिला नाकामा पहिला बिकास हुनु पर्छ र मेरो ध्यान त्येसैमा केन्द्रित छ” सिद्धिकिले भन्नुभयो ।

कुनैबेलाको राप्ति क्षेत्रको महत्वपुर्ण नाका हाल खानेपानी र बाटोघाटोकै कारण खण्डहरुमा परिणत हुने खतरा तर्फ इंगित गर्दे सिद्धिकिले खानेपानी , बाटोघाटो र बिद्युत बिस्तार आफ्नो पहिलो प्राथमिक प्रोजेक्ट रहेको बताउनुभयो । “अबको एक बर्षमा सबै नाकाबासीहरुको घरमा पानी, बिद्युत र बाटोघाटा हुने छ ” सिद्धिकिले भन्नु भयो ।

दाङ जिल्लाकै कान्छो जनप्रतिनिधको रुपमा समग्र कोइलाबास क्षेत्रको बिकास को अभिारा बोकेका २३ बर्षीय सिद्धिकीले आफु अहोरात्र कोइलाबासकामे बिकासमा खटिएको दावी गर्नुभयो । गढवाले करदोहोरो कर लिएको संदर्भमा उपभोक्ताहरु म्र्कामा नपर्ने सिद्धिकिले दावी गर्नुभयो । आफु केन्द्रिय सरकार , प्रादेशिक सरकारसंग कोइलाबासको बिकासका लागि लबि गरीरहेको र कोइलाबासको पुर्नउत्थान हुने विश्वाउस व्यक्त गर्नुभयो । आफ्नो समाजको बिकासका लागि सबैजना लागीपर्नुपर्ने बताउँदै आफुलाई सबैको सहयोग आवस्यक परेको सिद्धिकिले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्