सुशिल बस्नेत,तुलसिपुर २४ साउन।
हरेक वर्षको अगस्त महिनाको ९ गते मनाईने विश्व आदिवासी दिवस आज बिहीबार दाङ लगायत देशभर मनाईदैछ ।
आदि भनेको धेरै पुरानो अथवा पुरानो ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ । धेरै पुरानो समयदेखि बसोवास गरिरहेका र त्यस भूमीको माटोलाई खनिखोस्री गरेर आफ्नो पुस्ता धानिरहेका कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समूदायलाई आदिवासी भनिन्छ ।
नेपाल आदीबासी जनजाति महासंघ तुलसीपुर नगरकमिटिको आयोजनामा २४ औ आदीवासी दिवस तुलसीपुरमा मनाईको छ ।
दिवसको अवसरमा तुलसीपुर उमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डले बहु सांस्कृतीक शहरको रुपमा तुलसीपुर नगरको विकास गरिने बताउनुभयो ।
थारु बाहुल्य तुलसीपुर उपमहानगरपालिकामा मगर,गुरुङ लगायत अन्य जातजातिको मिश्रीत बसोवास भएकाले पनि तुलसीपुरको शहर विकासको क्रममा बहुसांस्कृतीक हुने बताउनुभयो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का अध्यक्ष बिरेन्द्र शाह,नेपाल प्रेस युनियनका अध्यक्ष सुशील बस्नेत,थारु समुदायका अगुवा छोटीलाल चौधरी लगायतले आदीवासी जनजातिको भाषा,संस्कृती,भेषभुषा,खानपानको फरक बिशेषताको बारेमा चर्चा गर्नुभएको थियो ।
नगर कमिटिका अध्यक्ष नरेश राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा लालबहादुर घर्तीले गर्नुभएको थियो भने सञ्चालन नारायण चौधरीले गर्नुभएको थियो । यसअघि तुलसीपुर बजार परिक्रममा गरिएको थियो भने मिडीया चौक किनारामा कल्कीका बिरुवा रोपीएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।