“नमस्कार” गर्दे यात्रु मैत्रि सेवा प्रवाह गर्छु : शरोज शाह



बिष्णुकुमार देवकोटा
दाङ साउन २४
पाण्डवेश्वरी यातायात प्रा.लिका अध्यक्ष शरोज शाहले “नमस्कार” गर्दे यात्रु मैत्रि सेवा ” गर्ने बताउनुभएको छ । शाहले तत्कालै आजै देखि यो सेवा प्रवाहगर्ने सैघाली खबर डटकम तथा सैघाली अनलाइन टिभी संग लाइभ कुराकानी गर्दे बताउनुभएको हो ।


शाहले आज (विहिबार) टक शो कार्यक्रममा बोल्दै यात्रु र यातायात व्यवसायी तथा कर्मचारीहरुको विचमा सुमधुर सम्बन्ध स्थापना गर्न यस्तो अभियान थालनी गरेका जानकारी दिनुयो । “यात्रु महानुभावहरुले चालक, सहचालक र परिचालक प्रति हेर्ने दृष्टिकोण र परिवर्तन गर्न यो कदम चालिएको हो ” भोलि बिहान पहिलो नम्बरबाट यो कार्यलागु हुन्छ शाहले दावी गर्नुभयो । राप्ति अंञ्चलका ग्रामिण तथा पहाडि भेगहरुलाई लक्षित गर्दे गुणस्तरीय यातायात सेवा प्रवाह गरीरहेको बताउँदै रातो नम्बर प्लेटका गाडिहरु लाई सिस्टममा आउन आग्रह गर्नुभयो । “सवारी नै बोक्ने हो भने आउनुस राज्यको दायरा भित्र रहेर सेवा प्रवाह गरौं” शाहले आह्वान गर्नुभयो ।
(पुरा अन्तरवार्ता सैघाली अनलाइन टिभीमा हेर्नुहोस)

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्