गुणस्तरहीन घोराही सिमेन्टको ओपिसि र पिपीसि सिमेन्टको गुणस्तर नाप्न नमुना काठमाडौ पठाईयो



गुणस्तरहीन घोराही सिमेन्टको ओपिसि र पिपीसि सिमेन्टको गुणस्तर नाप्न नमुना काठमाडौ पठाईयो

घोराही,
२४ – साउन । घोराही सिमेन्टबाट उत्पादन सगरमाथा सिमेन्ट गुणस्तरहिन भएको घटना सार्वजनिक भएपछि परिक्षण गरिने भएको छ । सगरमाथा सिमेन्ट बर्दियामा गुणस्तरहिन भएको पाईएपछि गुणस्तर तथा नाप तौल विभागको टोली दाङमा आएर परिक्षणका लागि नमुना लगेको छ ।

विभागका निर्देशक मनोजकुमार उपाध्याय र मेकानिकल इन्जिनियर उमेशकुमार यादव दाङमा आई उक्त सिमेन्टको नमुना लगेका हुन । टोलीले साउन १७ गते उत्पादन भएको र १६ गते उत्पादन भएर १८ गते तुलसीपुर बिक्रि भएको दुई प्रकारका सिमेन्टको गुणस्तर परिक्षणका लागि काठमाडौ लगेको हो । टोलिले अहिले सोनापुर सिमेन्ट उद्योगवाट ल्याएको क्लिङ्करवाट ल्याएर उत्पादन गरेको सिमेन्ट ओपिसि र पिपीसिको नमुना पनि पनि विभागल लगेको छ । घोराही सिमेन्टले उत्पादन गरेको ओपिसि सिमेन्टमा म्याग्नेसियम बढि भएकाले मापदण्डअनुसार सिमेन्ट उत्पादन गर्न घोराही सिमेन्टले पछिल्लोपटक आफ्नो हजारौ मेट्रिकटन क्लिङ्कर मौजाद रहेपनि केही हजार मेट्रिक टन क्लिङ्कर सोनापुर सिमेन्टवाट लिएको थियो ।

ओपिस र पिपिस सिमेन्टको गुणस्तर मापनका लागि जिल्ला प्रशासन कार्यालय दाङको समन्वयमा विभागको टोली दाङ आएको हो ।

बर्दियामा सगरमाथा सिमेन्ट प्रयोगका क्रममा कमसल भएको उजुरी र त्यसपछिको परिक्षणबाट ओपीसीमा म्याग्नेसिया तत्व बढी देखिएपछि त्यहाँको प्रशासनले दाङ प्रशासनलाई सिमेन्ट उत्पादन र बिक्रिलाई पत्र काटेको थियो ।

यसैक्रममा विहिबार जिल्ला प्रशासनका प्रशासकीय अधिकृत अमरराज आचार्यको नेतृत्वमा विभागको टोली, घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता न्यौपाने, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजनकुमार गौतम, घरेलु कार्यालयका उद्योग अधिकृत उमबहादुर वली सहित पत्रकारहरुको टोली उद्योगमा पुगेर नमुना संकलन गरी विभागमा मापनका लागि पठाएको हो ।

अबको डेढ महिना भित्र गुणस्तर भए नभएको बारेमा रिपोर्ट आउने विभागका निर्देशक मनोज उपाध्यायले बताए । निर्देशक उपाध्यायले घोराही सिमेन्टमा गुणस्तरहीन देखीएपछि गुणस्तर नाप्नका लागि विभागको टोलि दाङ आएको र सिमेन्ट उद्योगले उत्पादन गर्दै आएको ओपिसि र पिपिसि सिमेन्ट नमुना संकलन गरेर परीक्षणका लागि लगेका कारण प्रतिवेदन नआउदासम्म उद्योगलाई विक्री, वितरण नगर्न र उक्त सिमेन्ट प्रयोग नगर्न आम उपभोक्तालाई आग्रह गरेका छन् । घोराही सिमेन्ट उद्योगले दैनिक २ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ । थप एक हजार टन सिमेन्ट उत्पादनका लागि उद्योगले अनुमति पाएको दावि गरेपनि स्थानियवासिको विरोध र न्यायिक समितिमा मुद्दा परेपछि उद्योगले पाएको अनुमतिको विषय विवादमा परेको छ । विरोधपछि उद्योग पछि हटेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्