उच्च अदालत नेपालगन्ज इजलासद्वारा ७४ प्रतिशत मुद्दा फर्स्योट



विश्वराज पछल्डङ्ग्या,

बाँके |
 एक वर्षको अवधिमा उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले नौ सय नौ थान मुद्दा किनारा लगाएको छ । आर्थिक वर्ष ०७४/७५ मा ७० प्रतिशत मुद्दा फर्स्योट गर्ने लक्ष्य लिएको नेपालगन्ज इजलासले झन्डै ७४ प्रतिशत मुद्दा किनारा लगाएको जनाएको छ ।

आव ०७३/७४ बाट जिम्मेवारी सरेर आएका चार सय ३६ थान र नयाँ दर्ता भएका आठ सय ३९ मध्ये नौ सय नौ मुद्दा फस्र्योट गर्न सफल भएको रजिस्ट्रार भुवन गिरीले जानकारी दिए । उनले आव ०७४/७५ मा ७३ दशमलव ९९ प्रतिशत मुद्दा फर्स्योट भएको जानकारी दिए ।

उनका अनुसार उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा विचाराधीन मुद्दामध्ये तीन सय ६६ वटा फस्र्योट हुन बाँकी छन् । आव ०७४/७५ मा एक सय ६३ वटा तल्लो अदालतबाट आदेशउपरका निवेदन आएकोमा ९५ प्रतिशत अर्थात् एक सय ५५ थान निवेदन किनारा लागेको गिरीले बताए ।

विचाराधीन तीन सय ६६ थान मुद्दामध्ये ४९ वटा एक वर्ष नाघेका छन् । अदालतमा रहेका एक हजार दुई सय ७५ मध्ये एक हजार एक सय २५ मुद्दाको प्रक्रिया पु-याउने कार्य सम्पन्न भएको रजिस्ट्रार गिरीले जानकारी दिए ।

उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले आव ०७२/७३ मा ७६.९२ प्रतिशत मुद्दा फस्र्योट गरेको थियो भने आव ०७३/७४ मा ६७.५६ प्रतिशत मुद्दा किनारा लगाएको थियो । ‘लक्ष्यअनुसार प्रगति हासिल भई योजनाको सफल कार्यान्वयन भएको छ,’ गिरीले भने ।

७० प्रतिशत फर्स्योट गर्ने लक्ष्य
अदालतले आव ०७५/७६ मा ७० प्रतिशत मुद्दा फस्र्योट गर्ने लक्ष्य लिएको छ । गत आवबाट सरेर आएका तीन सय ६६ थान र एक वर्षको अवधिमा एक हजार एक सय २३ नयाँ दर्ता हुने अनुमान अदालतको छ । ‘मुद्दामा ६ महिनाभित्र अंग (प्रक्रिया) पु-याउने, फैसला १५ दिनभित्र तयार गर्ने र मुद्दामा एक वर्षभन्दा बढी समय नलगाउने लक्ष्य अदालतले लिएको छ,’ उनले भने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्