लाखे जात्रा शुरु, एक महिनासम्म चल्ने



सैघाली खबर । दाङमा लाखे नाच सुरु भएको छ । नेवार सेवा समिति दाङले घोराहीमा लाखे नाच सुरु गरेको हो । हरेक वर्ष निकालिने लाखे नाच यसवर्ष पनि सुरु भएको छ ।

 

नेवार समुदायका युवाहरुले हरेक वर्ष लाखे नाच निकाल्ने गर्दछन् । नेवार समुदायको कला, संस्कृति र परम्पराको जथेर्ना गर्दै संस्कृति संरक्षणका लागि जात्रालाई निरन्तरता दिएको ५ नं. प्रदेशका संयोजक रोशनमान श्रेष्ठले जानकारी दिनुभयो ।

मनोरञ्जन संगै संस्कृति र परम्पराको संरक्षण हुने र लोप हुनवाट जोगाउन युवाहरुलाई प्रोत्साहन गरिएको नेवार सेवा समितिका अध्यक्ष धु्रवकुमार श्रेष्ठले वताउनुक भएको छ ।

केही वर्ष पहिलेसम्म हरेक गाँउगाँउमा नाचीने लाखे नाच पछिल्लो समय निश्चीत स्थानहरुमा मात्र नाच्ने गरिएको छ । हिन्दू धर्म अनुसार द्वापरयुगमा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाईंको अभिनय गरी मनाइने लाखे पर्व झन्डै एक महिनासम्म मनाइन्छ । साउन चर्तुदशीका दिनबाट सुरु भएको लाखे पर्व कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कंशलाई नाश गरेको दिनमा सकिने गर्छ ।

लाखे नाच शुरु भएप संगै नेवार समुदायले मनाउने विभिन्न जात्रा र पर्व शुरु हुने भएकाले यसको छुट्टै महत्व रहेको नेवाः देय् दवूका जिल्ला अध्यक्ष नारायणप्रसाद श्रेष्ठको भनाई छ । लाखे पर्व संगै जिल्लामा गाईजात्रा, रोपाईं जात्रा, कृष्णजन्माष्टमीको जात्रा लगायतका बिभिन्न जात्राहरु देखाउने चलन छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्