श्रीमतीको हत्या गरेर आत्मसमर्पण



बाँके – बाँकेमा एक ब्यक्तिले श्रीमतीको हत्या गरेर प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गरेको भोलिपल्ट श्रीमतीको शव फेला परेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका २३  जंगली सिंह पुर्वाका शेरअली शेखले २७ वर्षीया श्रीमती साकरुन बेहनाको हत्या गरेका हुन । उनको बयानका आधारमा बिहीबार नेपाल भारत सीमास्थित भारतीय जङ्गलमा साकरुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

साकरुनको माइती भारतको श्रावस्थी जिल्लाको थाना मल्लिपुर कुण्ड ग्रामसभा हो । उनीहरुका दुई सन्तान छन् ।

शेरअली करिब डेढ महिनाअघि बिदेशबाट घर फर्केका हुन । उनले घाँटी थिचेर श्रीमतीको हत्या गरेको बयान दिएका छ । श्रीमतीको आचरणमा शंका लागेपछि हत्या गरेको उनको दाबी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्