काठमाण्डौ २७ साउन । वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारबाट सिन्डिकेटका नाममा दुई दशकको अवधिमा करिब साढे ५ अर्ब रुपैयाँ ठगी भएको पाइएको छ । साउदी अरेबिया, ओमन र बहराइन गएका १२ लाख १८ हजार ४ सय ४२ जना कामदारबाट गाम्का नेपाल नामक सिन्डिकेटआबद्ध मेडिकल संस्थाहरूले सो रकम ठगी गरेका हुन् । यी तीन मुलुकमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट
साउदीको सिन्डिकेट ओमन र बहराइनसम्म फैलियो
०७१ अघिसम्म गाम्का नेपालले साउदी अरेबिया जाने कामदारको स्वास्थ्य परीक्षणमा एकाधिकार कायम गरेको थियो । त्यसयता भने गाम्कामा आबद्ध मेडिकलले बहराइन र ओमन जाने कामदारको स्वास्थ्य परीक्षणमा समेत सिन्डिकेट विस्तार गरेका छन् । ‘गल्फ को–अपरेसन काउन्सिल’ (जिसिसी) अन्तर्गतको सम्बन्धित देशका स्वास्थ्यमन्त्री सदस्य रहेको समितिबाट स्वीकृति लिएर गाम्काले नेपालमा सिन्डिकेट खडा गरेको छ । वैदेशिक रोजगारका लागि साउदी, ओमन र बहराइन जाने कामदारबाट गाम्कामा आबद्ध मेडिकलले सरकारी नियमभन्दा बढी शुल्क लिँदै आएका छन् ।
सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि २ सय ३५ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ । तर, रोजगारका लागि गल्फ मुलुकहरू साउदी अरब, बहराइन र ओमन जाने कामदारको स्वास्थ्य परीक्षणमा गाम्का नेपालका नाममा १२ वटा संस्थाको सिन्डिकेटको एकाधिकार छ ।
खारेज भनिएका संस्थाबाटै स्वास्थ्य परीक्षण
गल्फ कोअपरेसन काउन्सिल (जिसिसी) ले १७ फागुन ०७४ बाट साउदी, ओमन र बहराइन जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि लागू गरिएको मेडिकल सेन्टरको एसोसिएसन (गाम्का) खारेजीको घोषणा गरेको थियो । तर, खाडी राष्ट्रका लागि गराइने ‘पूर्वमेडिकल परीक्षण’का लागि गाम्काकै वेबसाइटमा अनलाइन बुकिङ गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसमार्फत गाम्कामा आबद्ध मेडिकलबाट मात्रै स्वास्थ्य परीक्षण गर्नुपर्ने बाध्यात्मक अवस्था अहिले पनि कायम छ ।
साउदी जाने कामदारको स्वास्थ्य परीक्षणमा गाम्का नेपालका नाममा कायम सिन्डिकेटको खारेजीको माग राख्दै नेपाल स्वास्थ्य व्यवसायी महासंघले समेत लामो समयसम्म आन्दोलन गरेको थियो । तर, त्यही महासंघका तत्कालीन पदाधिकारी प्रवीण तिवारी, कैलाश खड्कालगायतले माइग्राम्स र बायोमेट्रिक नाममा सिन्डिकेट खडा गरी मलेसिया जाने कामदारलाई ठगी गर्न लागेपछि त्यो आन्दोलन पनि सकियो ।
यी हुन् गाम्काको नाममा ठगी गर्ने स्वास्थ्य संस्था
अल खालिज मेडिकल सेन्टर, चाबहिल– महेन्द्र ढंगाना
अलमसुर डायग्नोसिस सेन्टर, नयाँ बानेश्वर – डा. सानुकृष्ण श्रेष्ठ, डा. भागरथी कायस्थ र डा. जहाङगिर आलम
अक्वा डायग्नोसिस सेन्टर, बत्तीसपुतली – डा अर्जुनसिंह चन्द, डा. मनोरदिन साइयद, डा जुबिर अहमद
हेल्थ केयर क्लिनिक, त्रिपुरेश्वर – डा. एस. राना
कान्तिपुर डायग्नोसिस सेन्टर, कान्तिपथ– डा आरडी जोशी
लाइफ केयर प्रिन्स डायग्नोसिस सेन्टर, त्रिपुरेश्वर – डा. आर. रौनियार
लाइफ ट्रस्ट मेडी डायग्नोसिस प्रालि, धुम्बाराही – डा. विजयराज झा, डा. शर्मिला पराजुली
मेडिएसिया डायग्नोसिस सेन्टर, बाँसबारी – डा. अरविन्दप्रसाद साह, डा आभूषणसिद्धि तुलाधर, डा. रमिला श्रेष्ठ
राजाम मेडिकल सेन्टर, चाबहिल – डा. राजेशकुमार, डा. मुक्तचन्द
साइबा मेडिकल सेन्टर, पुलचोक, ललितपुर–अब्दुल सुनार
साउदी नेपाल मेडिकल सेन्टर – महेन्द्र शेरचन
सिद्धि पोलिक्लिनिक हेल्थ सर्भिस, डिल्लीबजार – डा. इश्वरलाल श्रेष्ठ
खडा गरी गाम्का नेपालआबद्ध १२ मेडिकल संस्थाले कामदारबाट ठगी गर्दै आएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।