काठमाडौं, २६ साउन । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले नेकपा माओवादीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई वर्तमान सरकारले पक्राउ गरेर अरानीजतिक व्यवहार देखाएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस राख्दै केही दिन अघि पक्राउ परेका नेकपा माओवादीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रक्राउ गरेको विषयलाई लिएर डा.भट्टराईले यस्तो आरोप लगाएका हुन ।

उनले ट्वीटरमा लेखेका छन्, ‘नेकपा ‘बिप्लब समूह’ का नेता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई यसरी हतकडी लगाएर अराजनीतिक व्यवहार गर्नु आफुलाई कम्युनिष्टदावी गर्ने सरकारका निम्ति कति शोभनीय हो ? राजनीतिक मतभेदलाई सहन र सम्मान गर्ने संस्कार लोकतन्त्रको अहं पक्ष हो भन्ने कुरा पूर्व कमरेडहरूले कहिले बुझ्ने ?’