बिरामीको मृत्युपछि अस्पत्तालमा तोडफोड



धनवीर दाहाल ।
रुकुम पश्चिमको सल्लेमा रहेको राप्ती समाज अस्पत्तालमा तोडफोड भएको छ । उपचारको क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पत्तालमा ढुङ्गामुढा गरेका हुन् ।

त्रिवेणी गाउँपालिका वडा नम्बर ९ का वडा सदस्य समेत रहेका २७ वर्षीय कमल रावलको सोमबार बिहान राप्ती समाज अस्पतालमा मृत्यु भएको हो ।

अस्पत्तालको कमजोरीका कारण रावलको मृत्यु भएको भन्दै मृतकका आफन्तले ढुङ्गा प्रहार गर्दा अस्पतालका झ्यालका सिसा फुटेका छन् । टाउको दुख्ने र जिउ दुख्ने समस्याले मृतक रावल २६ गते शनिबार राप्ती समाज अस्पत्तालमा भर्ना भएका थिए । तर उपचारकै क्रममा रावलको मृत्यु भएपछि मृतकका आफन्तले रावलमाथि गलत सुईको प्रयोग गरिएको भन्ने आरोप लगाएका छन् ।

सामान्य अवस्थामा रहेका रावललको सुई लगाएको केही समयपछि मृत्यु भएको आफन्तले बताएका छन् । बिहान सुई लगाइसकेपछि दुध पिउँदा पिउँदै उनको मृत्यु भएको कुरुवा लक्ष्मण रावलले बताए । कुुरुवाका अनुसार अस्पताल र डाक्टरको लापरबाहीले रावलको मृत्यु भएको बताईएको छ ।

रावलको मृत्यु भएपछि मृतकका आफन्त अस्पताल बाहिर जम्मा भएका छन् । अस्पत्तालमा प्रहरी परिचालन गरिएको छ । अस्पतालले मृत्युको कारणबारे बताउनुपर्ने माग उनीहरुको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्