केशरमान बचाउ अभियान –जेसिजद्धारा ५४ हजार सहयोग



दाङ,२९ साउन । केशरमान बचाउ अभियानका लागि सहयोग रकम जुट्ने जारी रहेको छ । उपमहानगरपलिका वडा नं १९ का मृगौला पिडित केशरमान रोकाको उपचारका लागि हाल सम्म  २ लाख ७० हजार ३ सय ३५ रुपैया सङ्कलन भएको रोका परिवारले जनाएको छ । रोकाको उपचारका लागि त्रिभुवननगर जेसिजले सहयोग गरेको छ । त्रिभुवननगर जेसिज सदस्य निमेन्द्र रावत ‘निश्चल’ले ८ हजार ८ सय ८८ रुपैयाँ कैलाश खड्काले ३ हजार ५ सय ११ , भोला खनाल ३ हजार ५ सय, लालमणि भण्डारी ३ हजार १ सय रुपैया सहयो प्रदान गर्नु भएको छ ।

यस्तै  प्रदिप सुवेदी ३ हजार १ सय, बसन्तराज अधिकारी ३ हजार १ सय, खेमराज घिमिरे ३ हजार १ सय, रजिब उल्लाह खाँण २ हजार ५ सय, धर्मेन्द्र श्रेष्ठ २ हजार १ सय पिताम्बर शर्मा २ हजार ५ सय  जगत जिःएम ३ हजार , बुद्धिप्रकाश शर्मा २ हजार एक सय, मिनराज भाट एक हजार,
नबिन जिःएम २ हजार एक सय ५५ ध्रव के.सी५ हजार ५ सय ५५ , नारायण शर्मा २ हजार ५ सय २५, श्याम कुमार गिरी २ हजार ५ सय गरी जम्मा ५४ हजार १ सय ९४ रुपैयाँ सहयो संकलन गरिएको हो । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा केशरमान रोकाको परिवारलाई जेसिजका लालमणि भण्डारी र उप मेयर सिता न्यौपानेले उठेको रकम केशरमान रोकाकी श्रीमती विमला रोकालाई हस्तान्तरण गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्