संघीयतालाई बलियो बनाउनुको विकल्प छैन- उपेन्द्र यादव



काठमाडौंः उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संघीयतालाई बलियो बनाएर लैजानुको विकल्प नरहेको बताएका छन्। संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष समेत रहेका यादवले संघीयता कमजोर भए मुलुक गम्भिर दुर्घटनामा फस्ने चेतावनी पनि दिए। उपप्रधानमन्त्री यादवले संघीयतालाई समाप्त पार्न अझै षडयन्त्र भईरहेको दावी गर्दै सचेत रहन पनि आग्रह गरे। मंगलबार काठमाडौंमा आयोजित ‘नेपालका संघीयता कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघीयताले मात्रै मुलुकका सबै समूदायलाई अधिकारलाई सुनिश्चि गर्ने पनि स्मरण गराए। उपप्रधानमन्त्री यादवले सबै समूदायको पहिचानलाई स्थापित हुनेगरी संविधान संशोधन गर्नुपर्नेमा पनि जोड दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्