“जिल्ला संघ सधैं गलत कुराको साक्षी बस्न सक्दैन” : प्रदिप मज्गैयाँ



क्रिकेट संघको प्रत्यक्ष व्यवस्थापन नहुँदा अन्तर्राष्ट्रिय क्रिकेट मैदानको काम सुस्त,संघ संग समन्वय नगरी काम नगर्नु आफैमा शंकास्पद देखियो 

बिष्णुकुमार देवकोटा
दाङ साउन ३०
क्रिकेट संघ दाङका अध्यक्ष प्रदिप मज्गैंयाले संघलाई वित्तिय जिम्मेवारी नदिइएको हुँदा लमहिको अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको काम ले गतिलिन नसेकाके बताउनुभएको छ ।
आज (बुधबार) सैघाली खबर डटकम तथा सैघाली अनलाइन टिभी संग प्रत्यक्ष कुराकानी गर्दे मज्गैंयाँले यस्तो बताउनुभएको हो ।
“२०६३ असालमा लमहिकै स्थानीय शोभाराम पौडेललाई सदस्यमा मनोनित गरी मैदान निर्माण गर्ने सम्पुर्ण अधिकाुर दिइयो” मज्गैंयाले भन्नुभयो । “तेति बेला सम्म करिब ३–४ करोड खर्च भएको थियो” मज्गैंयाले भन्नुभयो । करिब १० बर्ष पछि मज्गैंयाँ जिल्ला संघको अध्यक्ष भएपछी पुन यस मैदानको बिकासको लागि धेरै गम्भीर प्रयास भयो । यस अबधिमा नेपाल सरकार देखि लमही नगर विकासको करिब १.५करोड खर्च भैसकेको छ तर उपलब्धि सुन्य देखिन्छ । गएको एक बर्षमा मात्र करिब १.५ करोड खर्च भयो ।“ हामी बजेट छुट्टाउन भुमिका खेल्ने तर काम गर्ने बेला संघ संग कुनै समन्वय नगरी हाम्ले दिएको सुझाव भन्दा फरक र अपारदर्शी तरिकाले काम गरेकोले कुनै ठोस नतिजा निस्किएको छैन” मज्गैंंयाले भ्रस्टाचार भएको हुनसक्ने तर्फ ईगित गर्दे भन्नुभयो ।

“सानो उदाहरण दिन्छु राखेप बाट गएको आर्थिक बर्षमा यस मैदानमा ४० लाख बजेट विनियोजन भएको थियो । मैले ३ महिना पहिले भनेको थिय ४० लाखले पहिला मैदान खेल्न योग्य बनाउ नाली, ट्वालेट बाथरुम , खाने पानी को ब्यबस्थापन गरौ । तर के काम भयो कसरी काम भयो संघले अत्तोपत्तो पाएन न कुनै समन्वय नै भयो, आज हेर्दा उपलब्धि जिरो देखियो। जिल्लामा आधिकारिक संघ हुदा हुँदै संघ संग समन्वय नगरी काम नगर्नु आफैमा शंकास्पद देखियो । हामी संग लुकाएर बनाएको ४० लाखमा बनेको संरचना हेर्न लाएक रहेछ, अहिले खेलाडी देखि आम लमही बासी बाट ब्यापक असन्तुष्टि आएको छ ।अब यो मैदान समयमा बनाउने र ठुला प्रतियोगिता संचालन गर्ने हो भने दाङ जिल्ला क्रीकेट संघ सङ समन्वय गरेर काम गरौं, अन्यथा जिल्ला संघ सधैं गलत कुराको साक्षी बस्न सक्दैन , गलत हुन पनि दिने छैन। अब पनि न सच्चिने हो भने संघ यस्मा लगानि र समय खर्च गर्न बाध्य हुने छैन।” मज्गैयाँले चेतावनी दिंदै भन्नुभयो ।

दाङ जिल्ला क्रिकेटका लागि उर्बर भुमि भएको भन्दै सबै मापदण्डमा उपर्युक्त दाङ जिल्लालाई प्रादेशिक तथा खेलकूदको राजधानी बनाउन सरकार संग माग गर्नुभयो ।
क्रिकेट मा लागेर जीवन निर्वाह गर्न सकनिे अवस्था भएको भन्दै विश्व क्रिकेट जगतमा नेपालको उपस्थिती दह्रो भएको मा मज्गैंयाँले सन्तुस्टि व्यक्त गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्