घोराही १४ र १८ वडाबाट कर संकलन



दाङ , ३० साउन घोराही उपमहानगरपालिका वडा नम्बर १४ र १८ ले पनि वडा कार्यालयबाटै एकीकृत सम्पत्ती कर संकलन थालेका छन् । दुई वडा कार्यालयले बुधबार देखी एकीकृत सम्पत्ती कर र नगदी रसिद संकलन थालेका हुन् । यस अघि वडा नम्बर ७ र १० ले वडा कार्यालय बाटै कर संकलन थालेका छन् ।वडा नम्बर १४ र १८ को कार्यालय एउटै भवनमा भएका कारण तत्कालका लागि एउटै स्थानबाट कर संकलन थालिएको उपमहानगरले जनाएको छ ।

 

आज नगर प्रमुख नरुलाल चौधरी र उपप्रमुख सीता न्यौपानेले वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी र उहाँका श्रीमति रामकुमारी डाँगीले बुझाएको एकीकृत सम्पत्ती करको रसिद हस्तान्तरण गरेर सेवा सुभारम्भ गर्नुभएको हो । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले आगामी भदौ महिना भित्र वडा नम्बर १ देखी १८ सम्मका कार्यालयबाटै कर संकलनको व्यवस्था गरिने जानकारी दिनुभयो । वडा नम्बर १९ मा विद्युत र इन्टरनेट नभएका कारण यो बर्ष सम्भब नभएको र अन्य वडाहरुमा भने एक महिना भित्रै कर संकलनको व्यवस्था गरिने बताउनुभयो ।

साथै उहाँले कर बृद्धीको चर्चा चलेको भन्दै घोराही उपमहानगरपालिकाले कर नबढाएको र कर छलि गरिरहेकाहरुलाई भने दर्ता प्रकृयामा ल्याउने काम थालिएको स्पष्ट पार्नुभयो । वडा कार्यालयबाटै कर संकलनको व्यवस्था हुदै गएपछि वडाबासीहरुलाई सहज भएको प्रतिक्रिया दिएका छन् ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्