पूर्व मन्त्री शर्माद्धारा दाङमा अलपत्र रहेका पुल निर्माण गर्न संसदको ध्यानाकर्षण



दाङ, ३० साउन । प्रतिनिधी सभा सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले दाङमा अलपत्र रहेका पुल निर्माणको काम तत्काल पुरा गराउँन संसदको ध्यानाकर्षण गर्नु भएको छ । बुधवार बसेको प्रतिनिधी सभा बैठकको शुन्य समयमा बोल्दै शर्माले यस्तो ध्यानाकर्षण गराउनु भएको हो ।

गत साउन २८ गते परेको भारी बर्षाले दाङको जनजीवन प्रभावित पारेको भन्दै निर्माणधीन पुल समयमै नबन्दा सर्व–साधारणले दुःख पाएको वताउँनुभयो । घोराही लमही सडक खण्डको कटुवा खोला,बबई नदी र घोराही तुलसीपुर सडक खण्डको गुर्जेखोला, पत्रेखोला, सक्राम खोला, ग्वारखोला, र पश्चिम दाङमा निर्माणधिन पुल नबन्दा स्थानीय जनताले जोखमपुर्ण यात्रा गर्न बाध्य भएको वताउँनुभयो ।

 

पुल नबन्दा आवागमनमा समस्या हुनुका साथै बाढीले बगाँउदा कतिपयले नागरिकले अकालमै ज्यान गुमाउने गरेको वताउँनु भयो । त्यस कारण सरकार र संसदलाई त्यस तर्फ ध्यानदिन आग्रह गर्नुभयो । संसद शर्माले तत्काल सार्वजनिक खरिद ऐन संशोधन गरी निर्माणकाम सुचारु गर्नुपर्ने, समयमै काम सम्पन्न गर्ने ठेकेदार तथा निर्माण कम्पनी पुरस्कृत र काम नगर्ने ठेकेदार तथा निर्माण कम्पनीलाई जरिवाना सहित कालो सूचीमा राख्नु पर्र्ने र निर्माणधिन पुल नबन्दा सम्म बैकल्पिक ब्यवस्था गर्न समेत आग्रह संसदको ध्यानाकर्षण गराउनु भएको थियो ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्