राप्ती उप–क्षेत्रिय अस्पतालमा ५० सैयाको नयाँ भवन बन्ने



दाङ,असार ३१ । उप–प्रधान तथा परराष्ट्रमन्त्री कृष्ण वहादुर महराले राप्ती उप–क्षेत्रिय अस्पताल लाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान वनाउन सकारात्मक रहेको वताएका छन । राप्ती उप–क्षेत्रिय अस्पतालको ५० सैयाको अस्पताल भवन निर्माणको शिलन्यास गर्दै मन्त्री महराले यस्तो वताउनु भएको छ । राप्ती उप–क्षेत्रिय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा संञ्चालन गर्न सरकार लागि परेकाले अवको केही समय पछि छिट्टै संञ्चालन गरिने उहाले वताउनुभयो । महराले भन्नुभयो –‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि दाङमै वन्छ । त्यो सम्भव छ । ’ सरकारले काम गरिरहेका छ । –यो राप्ती वासीका लागि आवश्यक पनि छ । ’यो सरकारको चासोको विषय पनि हो । महराले भन्नुभयो ‘ म राप्ती वासी हैसियतले वोल्नु पर्दा म नै यसको निर्माणका लागि अघि सर्दै आईंरहेका छु । दाङ र राप्ती वासीलाई अबको केही समय भित्रै स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सरकारको तर्फ वाट दिलाई छोड्ने छु । भन्नुभयो ‘ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान राप्ती वासीको गौरव र खुसीको कुरा हो भन्नुभयो । २०१६ साल वाट सेवा सुरु गरेको राप्ती उप–क्षेत्रिय अस्पताल लाई नमुना योग्य स्वास्थ्य विज्ञान प्रतिष्ठान वनाउन सरकार निकै उत्सुक्ताका साथ लागि परेकाले अव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान चाँडै संञ्चालनमा आउने विश्वास व्यक्त गर्नु भयो ।

त्यस्तै कार्यक्रममा सासद राजु खनालले राप्ती उप– क्षेत्रिय अस्पताल लाई राप्ती मात्रै होईन प्रदेश नम्वर ५ को नमुना योग्य स्वास्थ्य संस्थाका रुपमा विकास गर्न सकिने वताउनुभयोे । दाङ प्रादेशिक राजधानीको चर्चा चलिरहेको वेलामा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणमा एक ईट्टा थप्ने काम गरेको भन्दै उहाँले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि दाङवासीको सहयोग आबश्यक रहेकोे वताउनुभयो । १६ करोड २२ लाख , ९४ हजार ८ सय ४२ रुपैयाको लागतमा निर्माण हुन लागिएको उक्त ५० सैयाको भवन आगामी दुई वर्ष भित्र पुरा हुने छ । एम.के. दिवा जेभी निर्माण कम्पनी ललितपुर निर्माण गर्न लागिएको उक्त भवन आगामी २०७६ साल असार १५ गते निर्माण सम्पन्न हुने अस्पतालका मेसु डा. जर्नाधन पन्थीले जानकारी दिनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष शंकर सिंह थापाको अध्यक्षता एंव उप–प्रधान तथा परराष्ट्रमन्त्री कृष्ण वहादुर महराको प्रमुख आतिथ्यता तथा सासद राजु खनालको विशष्टि आतिथ्यताका सम्पन्न कार्यक्रममा क्षेत्रिय स्वास्थ्य निर्देशक रीता जोशी भण्डारी , घोराही उप–महानगरपालिका प्रमुख नरुलाल चौधरी र अस्पतालको मेडिकल सुपरिटेन्डेन डा. जर्नाधन पन्थी लगाएतकाले भनाई राखेका थिए । अस्पताल विकास समितिका सदस्य दिपक पाण्डेको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण स्टाप नर्स टिका रावतले गरेकी थिईन ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्