“सरकारले शैक्षिक माफियाहरुको जालो तोड्न सकेन” – केन्द्रिय सदस्य सन्तोष पोखरेल (Video)



बिष्णुकुमार देवकोटा
दाङ समउन ३१
अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सन्तोष पोख्रेलले सरकार शैक्षिक माफियाहरुको जालो तोड्न असफल भएको बताउनुभएको छ ।
आज (विहिबार) शैघालीखबर डटकम तथा सैघाली अनलाइन टिभी संग प्रत्यक्ष कुराकानी गर्दे पोख्रेलले यस्तो बताउनुभएको हो ।
शिक्षा ऐन तथा अब बन्ने संघीय शिक्षा ऐन मा निशुल्क शिक्षाको व्यवस्था भएतापनि बिदालयहरुले विभिन्न बहानाहरुमा सुल्क असुलिरहेको तर्फ सबै बिद्यार्थी सघ गठनहरुको गम्भिर हुनुपर्ने बताउनुभयो ।

माओवादी द्धन्द्धको समयमा सरकार पक्षबाट पिडित समेत बन्नुभएका पोख्रेलले सत्यनिरुपन तथा मेलमिलाप तथा बेपत्ता आयोगले तदारुकताका साथ काम गरी पिडितलाई न्याय दिन सरकार अग्रसर हुनुपर्ने बताउनुभयो ।
प्रदेश नं ५ को स्थायी मुकाम दाङ तोकिनुपर्ने समेत पोख्रेलले बताउनुभयो ।

 

 

 

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्