आवास निर्माणका लागि महायज्ञ



दाङ, ३१ साउन
मानशिक सन्तुलन गुमाएकाहरुको आवास निर्माणका लागि घोराहीमा महायज्ञ हुने भएको छ । प्रेरणाका लागि अभियान नेपाल दाङले घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ संचालन गर्ने भएको छ ।

 

आमामी असोज १ गतेदेखी ९ गतेसम्म घोराहीको कर्मचारी मिलन केन्द्र देखी दक्षीणतर्फको मैदानमा हुने महायज्ञ हो ।महायज्ञ संचालनका लागि विभिन्न उप–समिति गठन गरेको छ ।

रुपा वली संयोजक रहेको आयोजक मूल समिति गठन गरेको छ । जसको सह–संयोजकमा सुशीला पौडेल रहनुभएको छ । महायज्ञको निर्देशकमा डा. भोलानाथ योगी रहनुभएको छ । १ सय ८ भागवत संकल्पकर्ता डिला पाण्डेको संकल्प अनुसार दाङमा महायज्ञ आयोजना गर्न लागिएको प्रचारप्रसार उपसमितिका संयोजक टेकबहादुर खड्काले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्