गुण्डागर्दी लाई के गर्छु हेर्नु होला – दाङका प्रमुख शर्मा



सागर थापा
दाङ भाद्र १ दाङ जिल्ला  प्रहरी  कार्यालयका  ९एसपि० कृष्णहरी शर्मा पोख्रेलले गुण्डागर्दी नामेट पार्ने बताउनुभएको छ ।भर्खरै जिल्ला प्रहरी कार्यालय दाङको कमाण्ड सम्हाल्न आउनुभएका प्रहरी उपरिक्षक पोखरेलले आज ९शुक्रबार० पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा आफ्नो जिल्लाको सुरक्षा रणनीति बारे चर्चा गर्दै यस्तो दावी गर्नुभएको हो ।

पुर्व एसपी धिरज प्रताप सिंहको पालाबाट दाङमा गुण्डागर्दीप्रति प्रहरी कठोर बन्दै आएको छ । जिल्लामा वेश्यावृत्ति, लागूऔषध ओसारपसार , नदि तथा वन पैदावारमा आधारीत बस्तुहरुको अबैध कारोबर तथा गुण्डागर्दी प्रमुख सुरक्षा चुनौतिको रुपमा रहेको पत्रकारहरुको तर्फबाट जानकारी गराईएको प्रेस मिटमा प्रहरी प्रमुख पोख्रेलले आफूले देखिनेगरी काम गर्ने र त्यस अनुभुति केहि दिनमा नै नागरीकले गर्नपाउने दावी गर्नुभयो ।
“प्रहरी नागरीक संगको सहकार्य बाट मात्र सफलहुने भन्दै पोखरेलले कुनैपनि सूचना डाइरेक्ट मलाई दिनुस” पोखरेलले भन्नुभयो ।जटिल भन्दा जटिल घटनाहरुमा आज सम्म असफल नहुनुभएका पोख्रेलले गलतकाम गर्ने सादा पोसाकका प्रहरी तथा जिल्लामा कार्यरत १ हजार ५१ जना प्रहरीको अनुगमन गर्ने बताउनुभयो । “छिसिक्क कुनै प्रहरीले गलतकाम गरेको सूचना दिनुस पहिलो कार्वाहिको भागेदारी त्यो प्रहरी हुनेछ ” पोख्रेलले आग्रह गर्नुभयो ।

पत्रकारहरुले राखेको जिज्ञासाको उत्तर दिंदै पोख्रेलले वेस्यावृत्ति, गुण्डागर्दि, लागूऔषध तथा अबैधकाम गर्नेहरु प्रति सुन्य सहनशिलता सिद्धान्त लागू गर्ने बताउनुभयो । “सूचना पाएको सेकेण्डमै प्रहरी मूभ हुन्छ”–प्रहरी प्रमुख पोखरेलले भन्नुभयो । प्रहरी सेवाको उपचार बाट कुनैपनि नागरीक निरास हुनु नपर्ने जानकारी गराउँदै पोखरेलले “अब प्रहरी, प्रहरी जस्तो हुन्छ”पोखरेललले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालयलाई आजकै मितिदेखि बिचौलिया मुक्त गरिएको पनि प्रहरी प्रमुख पोखरेलले जानकारी दिनुभयो । पुराना जघन्य घटनाहरु आफुलाई जानकारी भएकोबताउँदै  दिदै पोखरेलले सबैको नतिजा आउने बताउनुभयो । केन्द्रिय अनुसन्धान ब्युरोमा काम गरी सक्नुभएका एमबिए एलएलबि डिग्रि होल्डर पोखरेलले २२ बर्ष प्रहरीसेवामा व्यतित गरीसक्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्