त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ९ अर्ब बजेट



नागरिक उड्डयन प्राधिकरण(क्यान)ले यो वर्षका लागि ४५ अर्ब १७ करोडको बजेट स्वीकृत गरेको छ। देशभरका विमानस्थल निर्माण, संचालन तथा स्तरोन्नतीको काम गर्ने क्यानले यो वर्ष पूर्वाधार निर्माणदेखि आयोजना अध्ययनसम्मका लागि भन्दै उक्त बजेट विनियोजन गरेको प्रवक्ता विरेन्द्र श्रेष्ठले जानकारी दिए।

क्यानले मातहत रहेका आयोजना संचालन गर्न विभिन्न शिर्षकमा उक्त बजेट विनियोजन गरेको हो। गएको साता बोर्डबाट पारित उक्त बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न काम गर्न ९ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

विमानस्थलको क्षमता विस्तार आयोजनामामा ५ अर्ब ३१ करोड विनियोजन भएको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा संचालित यो आयोजनाको काम सन्तोषजनक हुन सकिरहेको छैन।

त्यस्तै क्यानले आफ्नै स्रोतबाट खर्च गर्नेगरी विमानस्थलभित्र रिमोट पार्किङ बे, २ वटा एप्रोन बनाउने लगायतका अन्य पूर्वाधार मर्मत तथा थप गर्न ४ अर्ब ४ करोड रुपैयाँ विनियोजन भएको छ।

भैरहवा विमानस्थल आयोजनामा ८ अर्ब ८९ करोड रुपैयाँ विनियोजन भएको छ। जग्गा अधिग्रहणका लागि ५ अर्ब २० रुपैयाँ विनियोजन भएको छ भने निर्माणको लागि २ अर्ब ६० करोड रुपैयाँ विनियोजन भएको छ। पहिलो चरणको आयोजना निर्माणकै लागि ८४ करोड रुपैयाँ इक्वूपमेन्ट जडान तथा खरिदको लागि विनियोजन गरिएको छ।

यो वर्ष पोखरा विमानस्थलको लागि ६ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको क्यानले निजगढकमा भने १ अर्ब ५० करोड छुट्याएको छ। कतिपय आन्तरिक विमानस्थलको क्षमता विस्तारको लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको क्यानले काभ्रेको नागिडाँडामा विमानस्थल बनाउन चाहिने जग्गा अधिग्रहण गर्न २५ करोड रुपैयाँ छुट्याएको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्