मुलुकी ऐनको स्वागत गर्न प्रभातफेरी



शरद रेग्मी
दाङ, भदौ १ । आजदेखी लागु भएको मुलुकी ऐनको कार्यान्वयन गर्न विभिन्न ठाउँहरुमा स्वागत र उत्सवका कार्यक्रमहरु भएका छन । शुक्रवार उच्च अदालत ५ नम्बर प्रदेशले तुलसीपुरमा भब्य कार्यक्रमका विच ऐन लागु भएको दिनको स्वागत गरेको छ । जिल्लामा क्रियाशिल विभिन्न निकायहरुको सहभागीतामा विहान प्रभात फेरी समेत आयोजना गरीयो ।

नयाँ मुलुकी ऐन कडा भएको निस्तेज पार्ने खालको भएको भन्दै विभिन्न क्षेत्रवाट सम्सोधनको माग गर्दै असहमती समेत देखिन थालेका छन । कार्यक्रम उद्घाटन गर्न आउनु भएका न्यायपरिषद्का सदस्य पदम बैदीकले मुलुकी देवानी र फौजदारी सहिंताले शान्ति निर्माणमा मद्धत गर्ने दाबी गर्नुभएको छ । कार्यक्रममा न्यायपरिषद्का सदस्य बैदीकले मानव अधिकारको सुनिश्चीता समेत मुलुकी देवानी र फौजदारी संहिताले सम्बोधन गरेको बताउनुभयो ।

 

सो अवसरमा जिल्ला समन्वय समितिका संयोजक जीतेन्द्रमान नेपाली,तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे र घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले कानुन कार्यान्वयनमा जोड दिनुभयो ।उहाले मुलुकी देवानी र फौजदारी सहिंताले सभ्य समाज निर्माणमा सहयोग गर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ र पुनराबेदन सरकारी वकिल कार्यालयका सह ९न्यायधिबक्ता चक्रदेव आचार्यले १६५ बर्ष पुरानो कानुन प्रतिस्थापन हुदा केही कतै आशंका लाग्नु सक्ने बताउदै असल मान्छे डराउन नपर्ने बताउनुभयो । अपराध प्रबित्तका मान्छेलाई भने आज देखि लागु भएको कानुनले नछोड्ने बताउनुभयो ।

उच्च अदालत तुलसीपुर,तुलसीपुर उपमहानगरपालिका र दाङ देउखुरी जिल्ला अदालतको संयुक्त आयोजनमा शुक्रबार बृहत कार्यक्रमको आयोजना गरेर आम जनताहरुमा सचेतना र यसको महत्व बुझाउन सरोकारवालाले भुमिका खेलेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्