काठमाडौँ, भदौ १ गते । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र, समसामयिक विषय र देशैभर बाढीपहिरोका कारण जनजीवन प्रभावित भएकोप्रति सरकारको ध्यानाकर्षण गर्नुभएको छ । शून्य समयमा बोल्ने सांसदहरु लक्ष्मी परियार, बिन्दा पाण्डेलगायतले अविरल वर्षाका कारण देशका धेरै भागमा जनजीवन प्रभावित भएको हुँदा बाढीपीडितको उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सरकारसँग माग गर्नुभयो ।
सांसदहरु सरिताकुमारी गिरी र सीताराम महतोले मुश्लिम धर्मावलम्बीलाई बकर इदका दिन सार्वजनिक छुट्टी दिन सरकारसँग माग गर्नुभयो ।सांसद सानु सिवाले काठमाडौँमा करीब ५०० सुकुम्बासीले स्वच्छ खानेपानी खान नपाएको हुँदा सो बस्तीमा स्वच्छ मेलम्चीको खानेपानी दिन माग गर्नुभयो । सांसदहरु सूर्यप्रसाद पाठक र सुजाता परियारले स्थानीय तहमा कर लगाउँदा वैज्ञानिक ढङ्गले लगाउने पद्धतिको विकास गर्न माग गर्नुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।