समाचार प्रभाव –उच्च अदालत तुलसीपुरद्धारा नदीजन्य पदार्थमा कर नलिन गढवा–गाउँपालिका नाममा अन्तरिम आदेश



दाङ, २ भदौ । उच्च अदालत तुलसीपुरले नदी जन्य पदार्थमा कर नलिन गढवा–गाउँपालिका नाममा अन्तरिम आदेश जारी गरेको छ । गाउँपालिकाले नदीजन्य पदार्थको निकासीमा कर लिएको भन्दै व्यावसायीहरुले उच्च अदालत तुलसीपुरमा रिट दायर गरेका थिए । अदालतका मुख्य न्यायधीस नहकुल सुवेदीको एकल ईलासले शुक्रवार रिटमा सुनुवाई गर्दै तत्कालका लागि नदीजन्य पदार्थको निकासीमा कर नलिन अदालतले आदेश गरेको हो ।

 

हप्ता सैघाली खबरमा दोहोरो करको मागरमा व्यावसायी शिर्षकको समाचार प्रकाशित भएपछि अदालतले चासो व्यक्त गरेको थियो । अन्तिम निर्णयका लागि भदौ ५ गते दुवैपक्षलाई छलफलका लागि समेत बोलाएको छ । संविद्यानले स्थानीय तहलाई मुल्य अभिबृद्धि कर उठाउने अधिकार नदिएको र संविधानको २ सय ३६को व्यवस्था बमोजिम अन्तरि आदेशको छलफल नभए सम्मका लागि कुनै कर नलिन समेत आग्रह गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्