जिल्ला प्रशासन दाङ द्धारा शनिवार पनि सेवाप्रदान – नागरिकता दिएर सेवाको शुभारम्भ



दाङ, २ भदौ । जिल्ला प्रशासन कार्यालय दाङले शनिवार पनि सेवा दिन सुरु गरेको छ । कार्यालयले आज भदौ २ गते देखि सेवा दिन सुरु गरेको हो शनिवारको पहिलो सेवाग्राहीको रुपमा घोराही उप–महानगरपालिका वडा नम्बर ४ का सपना बैजाली मगरलाई नागरिकता प्रदान गरी सेवाको सुरुवात गरिएको थियो । नागरिकता प्रमुख जिल्ला अधिकारी गजेन्द्बहादुर श्रेक्ष्ठले सेवाग्राही मगरलाई प्रदान गनुभएको थियो ।शनिवार पनि कार्यालय खुला रहेर सेवा पाएपछि शनिवार कामले जिल्ला प्रशासन आएका सेवाग्राहीहरुले खुसी व्यक्त गरेका थिए ।

कार्यालयले नागरिकको सहजताकालागि शनिवार पनि विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय खुला गरेर सेवा दिन सुरु गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

 

‘नागरिकको सेवालाई मध्यनजर गर्दै शनिबार पनि सेवा दिन सुरु गरेका छौ’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो–‘यसले नागरिकहरुलाई सहज हुनेछसाथै उहाँले प्रशासनका कर्मचारीहरुको सक्रियताले पनि यो कार्य सम्भव भएको भन्दै कर्मचारीहरुले शनिवार निशुल्क रुपमा काम गर्ने गरेको जानकारी दिनुभयो । सेवाग्राहीको माग अनुसार शनिबार पनि सेवा दिन थालिएको र परिक्षणको रुपमा दुई महिनासम्म शनिवार कार्यालय खुल्ला गरेर सेवा दिने जिल्ला प्रशासन कार्यालय दाङले जानकारी दिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्