कारले ठक्कर दिदा दुईजना गम्भीर घाइते



दाङ, भदौ २ । भारतिय नम्वर प्लेटको कारले ठक्कर दिँदा दाङमा २ जना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको लमही–भालुवाङ्ग सडक खण्डमा भारतीय कारले मोटरसाइकललाई ठक्कर दिदा दुई जना गम्भीर घाइते भएको प्रहरीलेजनाएको छ ।

काठमाडौंबाट भारतको अलमोरा जाँदै गरेको यूके १४१५ नम्वरको कारले लमहीबाट भालुवाङ जाँदै गरेको रा १ प ५८८३ नम्वरको मोटरसाइकललाई लमही नगरपालिका वडा नं। १ नर्तिमा ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक राप्ती गाउँपालिका ७ सिसहनियाँ ४९ वर्षका धनबहादुर सुवेदी र सोहि ठाउँका ५० वर्षका विष्णुबहादुर जिसी गम्भीर घाइते भएका छन् ।

दुवै घाइतेको लमही अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि बुटवल पठाइएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । ठक्कर दिने भारतीय कार र चालक प्रहरीको नियन्त्रणमा छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्