एसियाली खेलको भव्य सुरुवात



एसियन राष्ट्रहरूको ‘ओलम्पिक’ मानिने एसियाली खेल (एसियाड) को १८औँ संस्करण इन्डोनेसियाको जकार्तामा सुरु भएको छ । गेलारो बुङ कार्नो रंगशालामा एक भव्य समारोहबीच शनिबार साँझ राष्ट्रपति जोको विडोडोले समारोहको उद्घाटन गरे । ‘एसियाको शक्ति’ नारा दिएको प्रतियोगितामा एसियाका ४५ राष्ट्रले सहभागिता जनाएका छन् ।

नेपालले खेल्ने २३ खेल जकार्तामा
नेपालले भाग लिने २९ मध्ये २३ खेल जकार्तामा हुनेछ । नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, क्लाम्बिङ र स्केटबोर्डमा भाग लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्