रोयल भमके टी २० क्रिकेट प्रतियोगिता २०८० को उपाधि रोयल भमके क्रिकेट क्लब तुलसीपुरलाइ



आयोजक रोयल भमके क्रिकेट क्लब तुलसीपुर १ ले जित्न सफल भयको छ। आज भयको फाइनल खेलमा पुरन्धारा क्रिकेट क्लब बबई लाई २ बिकेट्ले हराउँदै विजेता रोयल भमकेले नगद ५१ हजार ,कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍यो। उप विजेता पुरन्धाराले नगद २५ हजार ,कप ,मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍यो।टस जिटि ब्याटिङ मा उत्रेको पुनधारा निर्धारित २० ओभरको खेलमा १७.१ओभरमा अल आउट हुँदै ७० रनमा समेटियो ।

जसमा भक्त डागिले ४१ रन बनाउनु बाहेक अन्य ले दोहोरो अक छुन सकेनन् । बलिङ तर्फ रोयल भमकेमा आयुस ओलीले प्रतियोगिता को दोस्रो ह्याट्रिक पूरा गर्दै ४ विकेट ल्याए भने हरिस के सी ३ तथा गोपाल के सी ले २ विकेट ल्याए।

जवाफ मा ७१ रनको विजय लक्ष्य लिएर मैदान उत्रेको रोयल भमके १९.४ ओभरमा ८ बिकेट्को क्षतिमा लक्ष्य पूरा गर्‍यो।जसको लागि गोपाल केसीले २२ तथा हरिस के सी ले १९ रनको नट आउट पारी खेले ।बलिङतर्फ पुरन्धारा का रोशन साहुले  ५ तथा सुजल ओलि, विक्रम डाँगी र विक्रान्त डागिले १-१ विकेट ल्याए ।खेलमा उत्कृष्ट बलिङ गर्दै ह्याट्रिक पूरा गर्ने आयुस ओलि म्यान अफ द म्याच हुँदै नगद ५०० तथा मेडल प्राप्त गरे।

यस्तै प्रतियोगिता भर उत्कृष्ट खेल गर्ने व्यक्तिगत विधा तर्फ TSA तुल्सिपुरका दिवान पुन वेस्ट ब्याट्सम्यान हुँदै नगद २५०० मेडल तथा पुरन्धाराका रोशन साहु वेस्ट बलर हुँदै नगद २५०० मेडल तथा आयोजक रोयल भमकेका हरिस के सी म्यान अफ द टुनामेन्ट घोषित हुँदै नगद ४००० कप मेडल तथा प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगिता रोयल भमकेका अध्यक्ष तथा खेल संयोजक खगेन्द्र नेपाली को अध्यक्ष ता तथा तुलसीपुर उपमहानगर पालिकाका प्रमुख टिकाराम खडकाको प्रमुख अतिथि, विशिष्ट अतिथि लुम्बिनी क्रिकेट सघ का सदस्य बालकृष्ण खत्री र तुल्सिपुर १ का वडा अध्यक्ष हुमकान्त सापकोटाको उपस्थितमा भयको थियो ।कार्यक्रम को सञ्चालन शिक्षक प्रेम नेपालीले गर्नु भयको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्