२१ लाख मुल्य बरावरको चरेश सहित पाँच पक्राउ



दाङ, ३ भदौ । दाङमा प्रहरीले २१ लाख मुल्य बरावरको चरेश सहित पाँच जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले देउखुरी क्षेत्रको अमिलिया जंगलबाट ६० किलो चरेस बरामद गरेको हो । चरेस सहित प्रहरी पक्राउ परेका पाँच जनालाई पत्रकार सम्मेलन गरि आज (शुक्रवार) सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख कृष्णहरी शर्माले हाल चरेशको बजार मुल्य प्रतिकिलो ३५ हजार आउँने अनुसन्धानका क्रममा खुलेको उहाँले वताउँनुभयो

प्रहरीले शुक्रवार १० किलो चरेससहित २ जनालाई पक्राउ गरिएको र उनीहरुको वयानको आधारमा खोजतलास गर्दा थप ५० किलो चरेस सहित ३ जनालाई शनिवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक कृष्णहरी शर्माले वताउनुभयो ।

यती ठूलो परिमाणमा चरेश सहित व्यक्ति पक्राउ परेको जिल्लामा पहिलो पटक भएको प्रहरी उपरिक्षक शर्माले जानकारी दिनुभयो । पक्राउ पर्नेमा रुकुम मुसिकोठ नगरपालिका प्रेमवहादुर घर्ति, सल्यान दार्मा गाउँपालिकाका डिल्लीराज चन्द रुकुम भुमे गाउँपालिका सपना पुन मगर सोही ठाृँउ बस्ने ध्रुव जंग बुढा र पुथाउत्तरगंगा गाउँपालिकाकी रुपा घर्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

पक्राउ परेका पाँचै जनालाई लागुऔषध (चरेश)ओसारपसार शिर्षकमा मुद्धा दर्ता गरि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लागु औषध ओसर पारको मुख्य ट्रन्जिट दाङ बन्दा समस्या देखिएको प्रहरी प्रमुख शर्माले वताउँनुभयो ।रुकुमबाट आउँने चरेश दाङ हुदै भारत, काठमाण्डौमा समेत जाने गरेको अनुसन्धानका क्रममा खेलेको उहाँले बताउँनुभयो ।१० किलो देखि माथी कारोवार गर्नेलाई २ बर्ष देखि १० बर्ष सम्मकैद र १५ हजार देखि १ लाख सम्म जरीवाना हुने कानुनी व्यवस्था रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्