प्रदेश नम्बर २ मा प्रधानमन्त्रीले मसला दार भाषण गरे राजपा नेता वृषेशचन्द्र



काठमाडौं, ३ भदौ । राष्ट्रिय जनता पार्टी राजपा नेपालका बरिष्ठ उपाध्यक्ष एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता वृषेशचन्द्र लालले प्रधानमन्त्रीले मसलादार भाषण गरेको वताएका छन् ।

प्रधानमन्त्री ओलीले संविधानविपरित अनधिकृत रुपमा प्रदेश नम्बर २ को सभामा हिजो सम्बोधन गरेको आरोप समेत लगाएका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै लालले भने,‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ को प्रदेश सभामा अनधिकृत रुपमा प्रवेश गरेर सम्बोधन गर्नुभयो । जुन कुरा संविधान, कानून र नियामावलीमा व्यवस्था गरिएको छैन । प्रधानमन्त्रीले बोल्न पाउनुपर्छ । प्रदेश सभामा बोल्नै पाउनुहुन्न भन्ने मेरो कुरा होईन । उहाँले हिजो प्रदेश नम्बर २ मा राजा/महाराजाको अनुभुति दिनेगरि सम्बोधन गर्नुभयो । यो संविधान विपरित छ ।’

 

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘प्रधानमन्त्री ओलीले प्रदेश सभामा अनधिकृत रुपमा प्रवेशको साथै सभामा अंगरक्षकलाईपनि बर्दी लगाएर उभ्याउनुभयो । मर्यादापालक हुँदाहुँदै अंगरक्षकलाई बर्दीमा उभ्याउनु गलत हो । यो कदम प्रदेश सभाको स्वायत्तता, अक्षुणता र संसदीय अभ्यास विपरित छ । ओलीजीले गम्भिर गल्ती गर्नुभयो ।’ प्रधानमन्त्री ओलीको पछिल्लो कदम र हिजो २ नम्बर प्रदेशमा गरेको सम्बोधनले संघीय संरचनालाई कमजोर बनाउने उनको आरोप छ ।

नेता लालले प्रदेश सभा सदस्यबाहेक अरु व्यक्ति प्रदेश सभामा अनधिकृत रुपमा छिरे ५ हजारसम्म जरिवाना गर्ने व्यवस्था संविधानमै भएकोले ओलीलाई संविधानको धारा १८४ बमोजिम उक्त जरिवाना गर्नुपर्ने माग गरे । यद्धपी उनले प्रधानमन्त्रीले सम्बोधन गर्न पाउनुहुँदैन भन्ने आफूहरुको कुनै मान्यता नरहेको पनि स्पष्ट पारे ।

सरकारले माईतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नु, प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने, न्यायालयमाथि हस्तक्षेप गर्ने र प्रधानमन्त्रीले आँफैले सिफारिश गरेको प्रधानन्यायाधीशलाई अस्विकृत गर्नेलगायत नागरिकको अधिकार खोस्ने खालको निर्णय गरेकोप्रति गम्भिर आपत्ति जनाउँदै नेता खड्काले सरकारले यस्ता लोकतन्त्रविरुद्धका गतिविधि नसच्याए आफ्नो पार्टी सडक र सदन दुवै ठाउँबाट संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्