गृहमन्त्री थापा ले भने धुँलो नपुछी काम गर्नेलाई पनि कारवाही गर्छौ



काठमाडौँ, ३ भदौ  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृहमन्त्रालयअन्तर्गतका निकायको अनुगमन तीव्र पारिने बताउनुभएको छ । आज गृहमन्त्रालयमा बसेको आव २०७४÷७५ को वार्षिक समीक्षा तथा मन्त्रीस्तरीय समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले अनुगमनमाथि अनुगमन हुने गरी यसको दायरासमेत विस्तार गरिने बताउनुभयो ।

उहाँले कर्मचारी र सुरक्षा निकायमा आफ्नो कामप्रति सङ्कल्प र प्रतिबद्धता बढाउँदै लगी परिणाम निस्कने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “आफूले चलाउने कम्प्युटर धुलाम्मे हुँदासमेत कम्प्युटरको धुँलो नपुछी काम गर्नेले आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैन ।”

कार्यसम्पादनलाई सफल पार्ने गरी निरन्तर नीति तथा योजना बनाउन उहाँले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “सधैँ विभिन्न निकायबीच समन्वयको खाँचो रहेको भन्दै कार्यपत्र आउने गरेको छ । अब त्यस्तो गुनासो नसुनाउने गरी सम्बन्धित निकायबीच समन्वय गर्न निरन्तर बैठक बस्नुहोस् ।”

कार्यक्रममा मन्त्री थापाले मन्त्रालयले दिएको जिम्मेवारीअनुसार शान्ति, सुरक्षा, सुव्यवस्था र सुशासनका लागि प्रतिबद्ध भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्