गाउँलेलाई कुटपिट गरेपछि प्रहरी हवलदार निलम्वित



कालिकोट : जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी हवलदार सुरेन्द्रराम परियार निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचनना अधिकारी इन्सपेक्टर निरक चौलागाईँका अनुसार नयाँ मुलुकी ऐनविपरित नागरिकलाई कुटपिट गरेको अभियोगमा परियार निलम्बनमा परेका हुन् ।

इन्सपेक्टर चौलागाईँका अनुसार भदौ १ गते खाँडाचक्र नगरपालिका–१ निवासी गोविन्द दमाईलाई सामान्य विवादमा कुटपिट गरेको प्रहरी कार्यालयमा उजुरी परेपछि जिल्ला प्रहरी प्रमूख डिएसपी विनोद शर्माले परियारलाई निलम्वन गरेका हुन् ।

जिल्ला प्रहरी प्रमुख डिएसपी शर्माले नागरिकलाई सहयोग गर्ने प्रहरीले नै नागरिकमाथि अन्याय गरेकाले निलम्बन गरेको बताए । उनले गल्ती गर्ने कसैलाई पनि कानुनी कारवाहीको भागीदार बनाउने बताए ।

शर्माले जिल्लालाई सभ्य र सामाजिक सद्भावयुक्त बनाउन आफुले कुनै कसर बाँकी नराख्ने पनि बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्