नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलंका जाने



काठमाडौं : एसिया कप छनोट प्रतियोगिताको अभ्यासका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका जादैछ। सोमबार दिउंसो एक बजे मालिंगो विमानबाट नेपाली राष्ट्रिय टोली श्रीलंका जान लागेको हो। नेपाली टिमलाई सभामुख कृष्णबहादुर महराले विदाई गर्नेछन्।

नेपाली राष्ट्रिय टोलीले श्रीलंकको आर्मी क्रिकेट टिम, ब्लुमफिल्ड टिम र कोल्टस् टिमसंग अभ्यास खेल खेल्नेछ।

अगष्ट २२ मा नेपालले श्रींलंकाको आर्मी टिमसँग खेल्ने छ त्यस्तै २४ अगष्टमा ब्लुमफिल्डसँग प्रतिस्पर्धा गर्ने छ भने अन्तिम अभ्यासमा २७ अगष्टमा कोल्ट्ससँग भिड्ने छ।

नेपाली टिममा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार शाह, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी र आरिफ शेख छन्। यस्तै सागर पुन, सन्दिप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल पनि टिममा छन्।

त्यस्तै वैकल्पिक खेलाडीमा किशोर महतो, प्रदिप ऐरी, सुनिल धमला र सुशन भारी छन्। अभ्यास सकेपछि नेपाली टिम अगस्ट २७ मा त्यतैबाट मलेसिया प्रस्थान गर्नेछ। सन्दीप लामिछाने भने क्यारिबियन लिग खेलेर सिधै २८ अगष्टमा मलेसिया जानेछन्।  एसिया कप छनोटमा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्