रुपैडिहा भन्सारमा तस्करहरु द्धारा पत्रकार उदय श्रेष्ठ माथी दुव्र्यबहार



महेन्द्र सिहं, नेपालगन्ज । राष्ट्रिय खबर डट कमले सोमबार लाइभ प्रशारण गर्ने क्रममा सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयको चौलिक्का चेकपोस्टमा भन्सार छलेर ल्याएका अत्यधिक सामान पक्राउ पश्चात आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाएपछि सामान आयतकर्ताको भीडले विरोध जनाएका छन् ।
राष्ट्रिय खबर डट कमले सरकारी राजस्व बढाउने क्रममा मंगलबार लाइभ भिडियो प्रशारण गर्ने बेला भन्सार कार्यालयको यात्रु शाखा अगाडि र भन्सार कार्यालयको मुल गेट, सशस्त्र प्रहरी बलको चौलिक्का चेकपोष्ट तथा नेपाल प्रहरीको सिमा इकाई कार्यालय जयसपुरमा अत्यधिक मात्रामा घरायसी सामान तथा कपडाहरु खटिएका सुरक्षाकर्मीहरुले बरामद गरेका थिए ।
सामान बरामद भएपछि सामान छोडिनु पर्ने माग राख्दै ८० जना भन्दा बढीको संख्यामा नेपाल प्रहरी सिमा इकाई कार्यालयमा भीड जम्मा भई विरोध जनाएका थिए भने उत्तेजित भीडको कारण लाइभ भिडियो प्रशारणमा खटिएका प्रादेशिक ब्यूरो इन्चार्ज उदय सिंह श्रेष्ठमाथि समेत हातपात गर्न खोजिएको थियो । भीडबाट बच्नको लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरिक्षक अरुण पौडेललाई जानकारी गराएपश्चात प्रहरीको सुरक्षामा लाइभ भिडियो प्रशारणमा लागेका श्रेष्ठ र राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश नं. ५ का प्रादेशिक कार्य समितिका सदस्य लक्ष्मी चौधरीलाई जिल्ला प्रहरी कार्यालय पु¥याइएको थियो ।
बरामद गरिएको सामानका धनीलाई केही स्थानिय पत्रकारले उक्साएर उक्त भीडलाई उत्तेजित गराउनुको साथै बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाई सकिएको सामान छोड्न पर्ने दबाव सहित जिल्ला प्रहरी कार्यालय पठाइएको स्र्रोतले बतायो ।
सोमबार राष्ट्रिय खबर डट कमको टिमले गरेको लाइभ भिडियो प्रशारणको क्रममा चित्त नबुझेका केही पत्रकारहरुले उक्साउने कार्य गरेको विषयमा राष्ट्रिय अनलाइन पत्रकार संघ प्रदेश नं. ५ को प्रादेशिक कार्य समितिको ध्यानाकर्षण भएको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रिय राजस्व बढाउनमा सर्वत्र रुपमा सहयोग गर्नु पर्ने अभिव्यक्ति आएसँगै सरकारी राजस्व बृद्धि गराउनको लागि राष्ट्रिय खबर डट कमको टिम लागेको कुरा अहिले अधिकांश क्यारिङ गर्ने समूह, चेकपोष्टमा सानो रकम लिई छाड्ने समूह तथा रुष्ट पत्रकारको समूहले विभिन्न चेकपोष्टमा पत्रकारले लामो समयसम्म निगरानी राख्नु नहुने समेत बताउँदै आएका छन् ।
यस विषयमा नेपाल प्रेस युनियन बाँकेले बहुमतको दम्भमा पूर्वाग्रही ढंगले प्रहार नगर्न भनी सोमबार प्रेस विज्ञप्ती समेत जारी गरेको छ ।
प्रेस युनियनले सोमबार जारी गरेको विज्ञप्तीमा ‘पत्रकार महसंघ बांके विरुद्ध युनियनको अभिव्यक्ति
अग्रज दाजुहरु र साथीहरु , जयनेपाल ! नेपाल पत्रकार महासंघ बाँकेको पछिल्लो वक्तव्यवाजीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । वहुमतको दम्भमा पूर्वाग्रही ढंगले युनियनका सदस्यमाथि नियोजित रुपमा प्रहार गरिंदा प्रेस युनियन बाँके मुकदर्शक भएर वस्न सक्तैन । आफ्ना सम्पूर्ण सदस्यहरुको संरक्षण युनियनको दायित्व हो । यसमा युनियन नेतृत्व दृढताका साथ उभिन्छ । सबै सदस्यहरुलाई पनि उच्च मनोवलका साथ रहन र आफ्ना अभिव्यक्तिहरु संयमित र मर्यादित ढंगले नै राख्न अनुरोध गर्दछु ।
जयनारायण शाह अध्यक्ष नेपाल प्रेस युनियन बाँके’ भनिएको छ ।
पत्रकारले करिब डेढ महिनादेखि राष्ट्रको राजस्व बढाउने अभियानमा लागेपछि अधिकांश पैसा खानेहरुको अहिले दानापानी समेत सुकेको कारण राष्ट्रिय खबर डट कमको टिमले राजस्व बढाउने अभियानमा लागेका पत्रकारमाथि विभिन्न नाटकिय रुपमा एकतर्फी समाचार अहिले अनलाइनमा आएको पनि देख्न सकिन्छ ।
राष्ट्रिय खबर डट कमले सोमबार प्रशारण गरेको लाइभ भिडियो राष्ट्रिय खबर डट कमको साइडमा गएर पनि हेर्न सकिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्