ऐतिहाँसिक नाका बकोइलाबास को पुनर्जीवन , गढवामा एकिकृत शहरी बिकास योजना लागू हुने



बिष्णुकुमार देवकोटा/सागर थापा
दाङ भदौ ५

कोइलाबास नाकालाई पुनर्जीवन दिनेगरी गढवामा एकिृत शहरी बिकास योजना लागूहुने भएको छ ।
एकिृत शहरी बिकास योजना कार्यान्वयनका लागि डिपिआर (बिस्तृत परियोजना प्रतिवेदन) तयार गर्नका लागि गढवा गाँउपालिकाको आयोजनाामा ४ गते सोमबार गढवा गाँउपालिकामा सर्वपक्षिय तथा सर्वदलिय कार्यशाला गोष्ठि सम्पनन गरिएको गाँउपालिकाका अध्यक्ष सहजराम अहिरले जानकारी दिनुभएको छ ।
करीब १ लाख जनसंख्यालाई आवस्यक पर्ने सम्पुर्ण तयारी का लागि देशका १५ स्थानहरुलाई छनौट गरिएको शहरी बिकास तथा भवन निर्माण विभाग ले जनाएको छ ।

पावर प्वाइन्ट प्रिजेन्टेसनमा दूरदृष्टि कार्यशाला गोष्ठिमा प्रस्तावित कार्यक्रम, सवल तथा दुर्वल पक्षहरु, विभिन्न निर्देशक समितिहरुको गठन तथा परिचालन का बिषयमा समूहगत छलफलसमेत गरिएको स्थलगत रिपोटिङ्गका क्रममा पत्रकार सागर थापाले जानकारी दिनुभयो ।
एकिकृत लक्ष्य हासिल गर्नका लागि आर्थीक, भौतिक, सामाजिक तथा वाताबरणीय प्रभाव, अबसर र चुनौतिका बिषयमा छलफल गरिएको थियो ।
प्रदेश नं ५ को राजापुर नगरपालिका र गढवा गाँउपालिका सहित देशका १५ स्थानहरुमा यस्तो योजना लागूगरिएको गढवा गाँउपालिकाका प्रेस संयोजक शिवराज पन्थिले जाकारी दिनुभयो । भू उपयोग क्षेत्रमा कृषि, वन, आवासीय क्षेत्र, सार्वजनिक उपयोग तथा खुला क्षेत्र, व्यवसायीक क्षेत्र, चरन क्षेत्र, औद्योगीक क्षेत्र, संस्कृतिक तथा पुरातात्विक क्षेत्र, निर्माण उत्खनन् क्षेत्र, नदि तथा ताल तलैया क्षेत्र र खानी तथा खनिज क्षेत्रहरुको पहिचान तथा उपयोग गरिने छ । यसका लागि निर्देशक समिति गठन, भू उपयोग तथा योजना र भवन मापदण्ड उपसमिति , सडक अधिकार , सडक अधिकार क्षेत्र तथा मापदण्ड उपसमिति, शिक्षा, स्वास्थ्य, पुर्वाधार, आवास, विपद् व्यवस्थापन, सुरक्षा, खानेपानि तथा सरसफाई, जिविकोपार्जन , वातावरण तथा जलवायु परिवर्तन उपसमिति गठन गरिने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्