पाँच ठाउँमा चेकिङका बावजुद पनि सामानको भन्सार हुँदैन, क्यारिङसँग विशेष हात मिलाउँदै सामान छाड्दै



नेपालगन्ज, ६ भदौं – पत्रकारले २ दिन निगरानी राख्न हटाएको बेला चेकिङमा बसेकाहरुले मन भित्रको दीपावली मनाउँदै मंगलबार र बुधबार करिब–करिब पूर्ण रुपले रुपैडिहाबाट आयात हुने फुटकर सामानको भन्सार राजस्व नबुझाई ल्याएको दृश्य देखा परेको छ ।
पदीय विवादका कारण पत्रकारबीच भएको विवाद र स्थानियलाई उक्साएर सोमबार
गरिएको फोहरी खेलपश्चात आएका समाचारपश्चात चेकिङ बस्नेहरुबीच खुशी साटासाट हुनुको साथै क्यारिङ गर्नेहरुबाट लुकाएर नगद लिँदै सामान छोडेको दृश्य विशेष गरेर बुधबार देखियो ।
नेपाल प्रहरी जमुनाहाको भूमिकाभन्दा बुधबार करिब २ बजेको दौरानमा भन्सार कार्यालयको यात्रु शाखा चेकिङमा ब्रम्हलुट जस्तै
क्यारिङ गर्ने समूहले लुकाएर हात मिलाउँदै सामान भित्र्याइएको देखियो भने भन्सार कार्यालयको मुल गेटमा गरिएको चेकिङमा समेत ठुला पोकाहरुबाट लुकाएर हात मिलाउँदै सामान लैजादै गरेको दृश्य देखा
परेको थियो ।
यसैगरी नेपाल प्रहरी सिमा जयसपुर कार्यालय अगाडिको दृश्य पनि यस्तै देखियो भने सशस्त्र
प्रहरी बल सिमा सुरक्षा कार्यालयको चौलिक्का चेकप्वाइन्टमा क्यारिङ गर्नेले साइकल र रिक्सामा ल्याइएका ठुलो थैलाको लागि हत्तपत्त सडकमा आइ हात मिलाउने र सामान्य रुपमा देखेको पनि नदेखेको जस्तै गरेको दृश्य पनि देखियो ।
भन्सार कार्यालयमा वाणिज्य संघले विशेष निगरानी
गरे निगरानीको समयमा मात्रै कडाई हुने र निगरानी गर्न छाडे पुनः लुकाएर हात मिलाउने कार्यलाई बढावा दिने जस्ता खालका कुरा आएको छ । यस्ता कुराबाट वाक्क भएर पनि नेपालगन्ज उद्योग वाणिज्य व्यापार संघले भारतीय गाडीलाई दिइएको सुविधा जस्तै घरायसी सामानको लागि निश्चित रकम तोकी सुविधा पर्चा बनाउँदा भन्सार छल्ने कार्य बन्द हुने कुरामा विश्वास लिएको देखिएको छ ।
विभिन्न मिडियाबाट नेपालगन्ज भन्सार कार्यालयमा कडाई नहुँदा दैनिक २ देखि ३
करोडको सामान बिना भन्सार आयात हुने गरेको सार्वजनिक भएपछि अहिले राजस्व सचिव शिशिर ढुंगानाले नेपालगन्ज भन्सार कार्यालयको मुल नाका सहित चोरीको बाटो विभिन्न नाकाहरुको लागि विशेष टोली खटाई कडाईका साथ चेकिङ गर्ने होमवर्कमा लागेको विशेष स्रोतले जनाएको छ ।
राजस्व सचिव ढुंगानाले पत्रकार मात्र नभई कुनै पनि आम नागरिकले सामानको भन्सार भएको छ वा छैन तथा सामानको भन्सार गराउन सरोकारवाला निकायलाई भन्न सक्छ अनि दबाव पनि दिन सक्ने कुरा बताइएको विशेष स्रोतले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्