नेकपाका ६५ जिल्लाको नेतृत्व बाँडफाँड – कुन जिल्लामा कसले लियो नेतृत्व



काठमाण्डौ ७ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६५ जिल्लाको नेतृत्व बाँडफाँड भएको छ । प्रदेश र जिल्ला एकीकरणका लागि गठित कार्यदलहरूले बुधबारसम्म ती जिल्लामा नेतृत्व बाँडफाँड गरेका हुन् । ६५ मध्ये पूर्वएमालेले ३९ र पूर्वमाओवादीले २५ जिल्ला अध्यक्ष पाउने गरी कार्यदलहरूले प्रतिवेदन बुझाएका छन् ।

गण्डकी प्रदेशमा भने विनासहमति नेतृत्व सिफारिस भएको छ । ११ वटै जिल्ला अध्यक्ष र सचिवमा पूर्वएमाले र पूर्वमाओवादीका तर्फबाट छुट्टाछुट्टै नाम केन्द्रीय सचिवालयमा सिफारिस भएको हो । ३ नम्बर प्रदेशमा १३ भूगोल जिल्ला र ४ विशेष जिल्ला कमिटीको नाम एकीकरण कार्यदलले सर्वसम्मत सिफारिस गरेको छ ।

१७ जिल्लाको नेतृत्व टुंगिन बाँकी
नेकपामा ७७ वटा भूगोल र ४ विशेष जिल्ला कमिटी छन् । तीमध्ये १७ वटा जिल्लाको नेतृत्व बाँडफाँड टुंगिन सकेको छैन । प्रदेश १ मा ३, प्रदेश २ मा १, गण्डकी प्रदेशका ११ र कर्णाली प्रदेशका २ जिल्लाको नेतृत्व कसले पाउने कार्यदलले अझै टुंगो लगाउन सकेको छैन । यद्यपि, कर्णाली प्रदेशको कालिकोट पूर्वमाओवादी र मुगु पूर्वएमालेले लिने गरी अन्तिम समझदारी हुन लागेको कार्यदलका एक सदस्यले बताए ।

एकीकरण कार्यदललाई आज अन्तिम समयसीमा
नेकपाले एकीकरण कार्यदललाई आजसम्म प्रतिवेदन बुझाइसक्न अन्तिम समयसीमा तोकेको छ । कार्यदल तहमा टुंगो नलागेका जिल्ला र प्रदेशहरूको हकमा जस्ताको तस्तै प्रतिवेदन बुझाउनुपर्ने निर्णय भइसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनका अनुसार प्रदेश र जनसंगठन एकीकरणका लागि बनेका सबै कार्यदलले बेलुकीसम्म महासचिव विष्णु पौडेललाई प्रतिवेदन बुझाइसक्नेछन् ।

कहाँ कसको नेतृत्व ?

प्रदेश १
पूर्वएमाले : ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, तेह्रथुम, सुनसरी, भोजपुर ।
पूर्वमाओवादी : संखुवासभा र खोटाङ ।

टुंगिन बाँकी : ओखलढुंगा, सोलुखुम्बु र उदयपुर ।

प्रदेश २

पूर्वएमाले : धनुषा, सर्लाही, सप्तरी र पर्सा ।

पूर्वमाओवादी : महोत्तरी, रौतहट र सिरहा ।
टुंगिन बाँकी : बारा ।

प्रदेश ३
पूर्वएमाले : मकवानपुर, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, ललितपुर, काठमाडौं, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी र पेसागत जिल्ला कमिटी ।

पूर्वमाओवादी : चितवन, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुली, युवा विद्यार्थी विशेष र मजदुर विशेष जिल्ला कमिटी ।

प्रदेश ४
गोरखामा प्रेम गुरुङ, कास्कीमा दामोदर बैरागी, लमजुङमा कृष्णराज अधिकारी, म्याग्दीमा हरिकृष्ण श्रेष्ठ, बाग्लुङमा कृष्ण पाठक, मुस्ताङमा रमेश भट्टचन र मनाङमा त्रिपल गुरुङको एकल नाम पूर्वएमालेले अध्यक्षका लागि सिफारिस गरेको छ । त्यस्तै, तनहुँमा भगवती न्यौपाने, विष्णुभक्त सिग्देल, रामचन्द्र तिम्सेना, पर्वतमा भक्त कुँवर, मेघनाथ सुवेदी, नवलपुरमा दीपक अधिकारी, जीवन श्रेष्ठ, स्याङ्जामा रामचन्द्र भट्टराई, कृष्ण खाण र उदय श्रेष्ठको नाम अध्यक्षका लागि सिफारिस भएको छ । पूर्वमाओवादीले पनि छुट्टै नाम सिफारिस गरेको छ ।

नोट : जिल्लाहरूमा नेतृत्वको बाँडफाँड भएको छैन । पूर्वएमाले र पूर्वमाओवादीले अध्यक्ष र सचिवको नाम छुट्टाछुट्टै सिफारिस गरेका छन् ।

प्रदेश ५
पूर्वएमाले : दाङ, प्युठान, कपिलवस्तु, अर्घाखाँची, रूपन्देही, गुल्मी र पाल्पा ।
पूर्वमाओवादी : बर्दिया, बाँके, रोल्पा, नवलपरासी र रुकुम ।

कर्णाली प्रदेश
पूर्वएमाले : दैलेख, सुर्खेत, जुम्ला र डोल्पा ।
पूर्वमाओवादी : जाजरकोट, सल्यान, रुकुम र हुम्ला ।
टुंगिन बाँकी : कालिकोट र मुगु ।

प्रदेश ७
पूर्वएमाले : कैलाली, बैतडी, अछाम, बाजुरा र डोटी ।
पूर्वमाओवादी : कञ्चनपुर, दार्चुला, डडेलधुरा र बझाङ ।

यी हुन् प्रदेश ३ का सर्वसम्मत अध्यक्ष
काठमाडौं : रामशरण ढुंगाना (पूर्वएमाले)
मकवानपुर : बद्री लम्साल (पूर्वएमाले)
धादिङ : नेत्रराज पौडेल (पूर्वएमाले)
रसुवा : कर्णेल लामा (पूर्वएमाले)
सिन्धुपाल्चोक : झम्क नेपाल (पूर्वएमाले)
दोलखा : भीम दाहाल (पूर्वएमाले)
ललितपुर : हरिकृष्ण व्यञ्जनकार (पूर्वएमाले)
भक्तपुर : बचन देउजा (पूर्वएमाले)
काभ्रे : सूर्यमान दोङ (पूर्वमाओवादी)

पेसागत विशेष– प्रेम पराजुली (पूर्वएमाले)
उद्योगी व्यवसायी विशेष– चित्रगुप्त साँवा (पूर्वएमाले)
चितवन : पूर्वमाओवादी (टुंगिन बाँकी)
सिन्धुली : रामकुमार पौडेल (पूर्वमाओवादी)
रामेछाप : डिल्लीमान तामाङ (पूर्वमाओवादी)
नुवाकोट : पुष्प लामिछाने (पूर्वमाओवादी)
युवा–विद्यार्थी विशेष : रमेश मल्ल (पूर्वमाओवादी)
मजदुर विशेष : गणेश रेग्मी (पूर्वमाओवादी)

नयाँ पत्रिका

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्